फेसबुक प्रयोकर्ताहरुको डाटा चोरीपछि फेसबुकले सेटिङमा परिमार्जन गर्दै लगेको छ। नयाँ परिवर्तनअनुसार फेसबुकको डाटामा पहुँच मागेर सञ्चालित विभिन्न बाह्य एप तथा वेभसाइडहरुलाई अब बन्द गर्न मिल्नेछ।

नयाँ परिवर्तनअुनसार फेसबुकमा ‘कनेक्ट’ भएका सबै एपहरुलाई एकैपटक हटाउन मिल्छ। फेसबुकको सेटिङको एपमा गएर कनेक्ट भएका एपहरुलाई हटाउन मिल्ने गरी परिवर्तन गरिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फेसबुकबाट विभिन्न एपहरु खोल्दा फेसबुकका डाटा ती एपमा पुग्ने गर्दछ। त्यहीबाट ५ करोड फेसबुक प्रयोगकर्ताहरुको डाटा चोरी भएको थियो। जसमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले गल्ती स्वीकारीसकेका छन्।