काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले भन्सार विभागका महानिर्देशक जगदीश रेग्मीको सरुवा गरेका छन्।

स्रोतका अनुसार रेग्मीलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ। रेग्मीलाई गत कातिकमा तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भन्सार विभागको महानिर्देशक बनाएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै खतिवडाले ठूला करदाता कार्यालयका प्रमुख गंगाराम गेलाललाई पनि सरुवा गरेका छन्।

खतिवडाले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा रहेका तोयम राय र काठमाडौं महानगरपालिका प्रमुख प्रशासनिक अधिकृत धनि राम शर्मालाई अर्थ मन्त्रालय ल्याएका छन्।

राय आन्तरिक राजश्व विभागका र भन्सार विभागका उप-महानिर्देशक र एयरपोर्ट भन्सार कार्यालयका प्रमुख पनि भएका हुन्। अर्थ सम्बद्ध स्रोतका अनुसार खतिवडाले राय अथवा अर्थ मन्त्रालयका प्रवक्ता अर्जुन पोखरेललाई भन्सार विभागको महानिर्देशक बनाउने सम्भावना रहेको छ।

सरकारले बुधबार १८ जना सहसचिवको सरुवा गरेको हो। सरुवा हुने अन्य कर्मचारीमा आपूर्ति विभागका महानिर्देशक कुमार दाहाल, सामान्य प्रशासन मन्त्रालयका बलराम रिज्याल, कम्पनी रजिष्ट्रार कार्यालय प्रमुख गीताकुमारी हुमेगाई रहेका छन्।

-देशसंचार डट कम बाट