काठमाडौं । गएको असार मसान्तमा नेपाल प्रहरीको एसएसपीबाट सबभन्दा बढी मार्क सहित डीआईजीमा बढुवा भएका सर्वेन्द्र खनाल आइजीका प्रवल दाबेदार हुन् । काठमाडौंमा गुण्डा नाइके कुमार घैंटे इन्काउन्टर काण्डका नेतृत्वकर्ता खनाल यतिबेला ट्राफिक महाशाखा प्रमुख छन् । वर्तमान आईजी प्रकाश अर्यालपनि पहिले महाशाखा प्रमुख नै थिए ।

हनुमानढोका इन्चार्ज हुँदा बढी चर्चामा आएका खनालले महाशाखा आएपछि ठमेल र पशुपति क्षेत्रलाई सवारी मुक्त बनाए । टिप्पर व्यवसायीको पनि उनी सातो लिन्थे, तर गर्न भने केही गरेनन् । राजधानीवासीले धेरै अपेक्षा गरेका थिए खनालको नेतृत्वमा ट्राफिक व्यवस्थानको पक्षमा । तर, उनी आफैं पिडित छन् । रामशाहपथबाट करीब ६ किलोमिटर पर बसुन्धरा क्षेत्रमा बस्ने खनाल आफैं घर आउँदा जाँदा जाममा फस्छन् बेला बेलामा । आफैं ट्राफिक प्रमुख आफैं लामो जाममा पर्नु पर्ने यो उनको पनि नियती हो, राजधानीका आम सडक प्रयोगकर्ताको जस्तै ।

भनेको लागेन भने सीधै विभागीय कार्वाही :
कामको सिलसिलामा कमी कमजोरी भइहाल्छ । तर गल्ती दोहर्याउनेलाई खनाल देखीनसहने । सातो उड्ने गरी थर्काउने । उनीसँग लामो समय काम गरेका एक प्रहरी भन्छन् “खनाल सरको मिजास अलि कडै खालको छ । हातै हालौंला झैं गर्ने गल्ती गर्नेलाई त । तर उहाँले मातहतका कर्मचारीलाई कुटिहालेको चाहिँ थाहा भएन’’ । एकदुई पटक सम्झाउँदा र थर्काउँदा पनि गल्ती गर्यो भनें चाहिँ सीधै विभागीय कार्वाही गर्ने हो। एसएसपी हुँदा मात्रै होइन, ट्राफिक महाशाखा पुगेपछि पनि डीआइजी खनालले दर्जनौंलाई विभागीय कार्वाही गरेका छन् ।

क्रस चेक नगरी विश्वास नगर्ने :
प्रहरीले सेवा प्रवेशको बेला धर्म भाकेर कसम(सपथ) खान्छन् । तर कसमप्रति सबै इमान्दार हुँदैनन् । कतिको त काम एउटा र धन्धा अर्कै पनि हुन्छ । खनाललाई शंका लाग्यो भने, शंका लागेकाको क्रस चेक गर्न सिभिल ड्रेसमा प्रहरी खटाइ दिन्थे र कतिपय अबस्थामा युनिफर्मका प्रहरीलाई पैसा लिनका लागि उक्साउने तरीका समेत सिकाइदिन्थे । जब ड्युटीका प्रहरीले सिभिल ठानेर खल्ती भर्थे, त्यसपछि खेल खतम । सीधै कार्वाहीमा जाकिहाल्ने ।

संगठनभित्र रिजर्भ टाइपका :
समकक्षी पुष्कर कार्की र रमेश खरेल तल्लो तहकासँग बढी नजिकिन खोज्छन् । उनीहरुले खाए नखाएको र खानेबस्ने ठाउँको समेत ख्याल राख्छन् । यो ममलामा खनाल फरक खालका छन् । उनी तल्लो तहका प्रहरीको मेसमा जाने हालखबर सोध्ने, ख्याल गर्ने विषयमा ध्यान दिँदैनन् । त्यसैले उनकोपछि सिमित बाहेक अरुको खास सम्बन्ध हुँदैन ।

धेरै बोल्दैनन् पनि । वार्षिक कार्यक्रमहरुमा पनि रमाइलोमा झुम्दैनन् । आफ्नै खालका छन् । रिजर्भ टाइपका । ड्यूटीको बेला अफिसको गाडी भइहाल्छ, अघिपछि आफ्नै कारमा हिँड्छन्, प्रहरीकै चालक लिएर । अरु केटाहरु लिएर हिँड्दैनन्। बाइक चाहिँ चढ्दैनन् ।

संगठन बाहिरबाट आएका निम्ता चाहिँ मिलेसम्म टार्दैनन्, सहभागी हुन्छन्, ठूलोठालु बन्दैनन् । पार्टीमा गएर मदिरासदिरातिर ध्यानै दिँदैनन् । तर उनी निकट एकजना प्रहरी भन्छन् “सरले अफिसका कार्यक्रम र बाहिरफेर खाएको थाहा छैन, घरमा र निटक साथीहरुसँग चियर्स चाहिँ गर्नुहुन्छ । शरीरले धान्न नसक्ने गरेर होइन, ठिक्क हुन्छ नि, नलागेको जस्तो हुने गरेर लिमिटमा क्या’’ ।हाम्राकुराबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah