भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालका प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ । भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच शुक्रबार साँझ भेटवार्ता भएको हो ।

ओली परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सल्लाहकार विष्णु रिमाल समेत नलिई रेसकोर्स गएका थिए ।

प्रधानमन्त्री ओलीले लोक कल्याण मार्गस्थित भारतीय प्रधानमन्त्री निवासमै पुगेर मोदीलाई भेटेका हुन्। यसअघि शनिवार मात्रै भेट्ने कार्यतालिका रहेको थियो । एक्लाएक्लै भएको भेटवार्ताकामा भएका कुराकानीबारे वाहिर जानकारी आएको छैन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाले दुवै देशका प्रधानमन्त्रीको एक्लाएक्लै भेट्ने चाहना अनुसार आजै भेटको वातावरण मिलाईएको बताएका छन् । उनीहरुबीच नेपालको राजनीतिक अवस्था, नेपाल भारत सम्बन्ध लगायतका विषयमा कुराकानी भएको राजनीतिक सल्लाहकार रिमालले जानकारी दिए ।

-फोटो: भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको ट्वीटर र न्यूज केन्द्रबिन्दु बाट साभार



