विष्णुप्रसाद पोखरेल
दमक/शुक्रबार र शनिबार झापामा भिआइपीहरुको ओइरो लागेको छ । जनता माबिको स्वर्ण महोत्सवमा सहभागि हुनका लागि भिआइपीहरु दमक हुँदै गौरादह आएकाहुन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीका अनुसार संघीय संसदकी उपसभामुख शिवमाया तुम्बाम्फो, १ नम्बर प्रदेश प्रमुख डा. गोबिन्दबहादुर तुम्बाम्फो, संघीय सरकारका महानिधिबक्ता अग्नि खरेल, १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की लगायत गौरादह आउनु भएको हो ।
यसरी आउने अधिकाँश भिआइपीहरु झापाको गौरादहमा प्रारम्भिक शिक्षा अध्ययन गरेका रहेछन् । उनिहरुलाइ उक्त बिद्यालयले सम्मान गर्ने कार्यक्रम रहेको छ । शुक्रबारदेखि स्वर्ण महोत्सव बिशेष कार्यक्रम भइरहेको छ ।
भिआइपीहरु आउने भएपछि प्रहरीले झापाको दमक र गौरादहमा सुरक्षा ब्यवस्था कडा बनाएको छ । भिआइपीहरु दमक र गौरादह नै बस्ने भएकाले यहाँ सुरक्षा कडा पारिएको बताइन्छ ।



