अर्जुन राजवंशी

दमक/दमक औद्योगिक क्षेत्र निर्माणको प्रारम्भिक चरणको काम भइरहेको छ । यसका लागि मुआब्जा वितरण गर्न जग्गाधनीबाट निवेदन संकलन गरिएको छ । नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पहिलो चरणको मुआब्जा वितरणका लागि निवेदन संकलन गरेको हो ।

लिमिटेडले दमकमा जग्गा प्राप्ति सम्पर्क कार्यालय स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले मुआब्जाका लागि चार सय ३० वटा कित्ता नम्बर उल्लेख गरी गत फागुन १४ गते ३५ दिने सूचना जारी गरेको थियो ।

उक्त सूचनाको म्यादभित्र १ सय ६५ परिवारबाट मुआब्जा दाबीको निवेदन संकलन गरेको सम्पर्क कार्यालयका प्रमुख सन्जय थापाले जानकारी दिए । चीन सरकारले ‘वान बेल्ट वान रोड’ (ओबिओआर) अन्तर्गत दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा गरी दुई हजार दुई सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाइदिने सम्झौता भएको छ ।

सम्झौताअनुसार चीन सरकारले ३ खर्ब ३३ अर्बको लगानीमा औद्योगिक क्षेत्र बनाउन लागेको हो । त्यसका लागि अहिले प्रस्तावित जग्गामध्ये पहिलो चरणको मुआब्जा वितरणको काम भइरहेको थापाले बताए । औद्योगिक क्षेत्रका लागि ९ सय ४२ बिघा जग्गा भने नि:शुल्क प्राप्त भइसकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकृत दीलिपकुमार श्रेष्ठले जानकारी दिए ।

पहिलो चरणमा अधिग्रहण गरिएको तीन सय ७९ बिघा जमिनको मुआब्जा वितरण गर्ने तयारी छ । पहिलो चरणमा वितरणका लागि नेपाल सरकारबाट ३२ करोड रुपैयाँ निकासा भइसकेको दमक औद्योगिक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गोविन्द थापाले जनाए । जग्गा प्राप्ति सम्पर्क कार्यालयका कर्मचारी रसिलाल राउतका अनुसार अहिले मुआब्जाका लागि संकलन भएका निवेदन मिलाउने तथा आवश्यक प्रक्रिया पुर्‍याउने कार्य भइरहेको छ ।

जग्गा दिन चाहनेको भीड
मुआब्जा दाबी गर्दै निवेदन दिन पाउने ३५ दिने सूचनाको म्याद गत सोमबार नै सकिएको थियो । तर, मुआब्जा दाबी गर्दै प्रस्तावित क्षेत्रका जग्गाधनीहरूबाट निवेदन आउने क्रम अझै नरोकिएको राउतले बताए । उनले औद्योगिक क्षेत्रलाई जग्गा दिन आसपासका स्थानीय उत्साही देखिएका छन् ।

कमल ७ का पदम सेढाईंले लिमिटेडको सूचनामा एक बिघा जमिनको विवरण उल्लेख भए पनि आफूले आफ्नो सबै ६ बिघा जग्गा औद्योगिक क्षेत्रलाई दिन चाहेको बताए । उनले भने, ‘सूचनामा एक बिघा जमिनको कित्ता नम्बर मात्रै उल्लेख थियो । तर, हामीले घरसल्लाह गरेर सबै ६ बिघा जमिन नै औद्योगिक क्षेत्रलाई दिन इच्छुक भएका छौं ।’

गौरादह ५ का पदमप्रसाद निरौलाले पनि आफ्नो ठाउँको विकासमा सहयोग पुर्‍याउन जग्गा दिन चाहेको बताए । ‘मेरो जग्गा पनि सूचनामा परेनछ । तर, मलाई औद्योगिक क्षेत्रलाई जग्गा दिन ठूलो इच्छा छ । त्यसैले मेरो जग्गा पनि लिनुपर्‍यो भनेर निवेदन दिएको छु,’ निरौलाले भने । कमल ७ का गोपाल चौहानले आफ्नो एक बिघा जमिन पनि औद्योगिक क्षेत्रले लिनुपर्ने भन्दै निवेदन दिएको बताए ।कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah