विष्णुप्रसाद पोखरेल
दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको दूइदिने औपचारिक भ्रमण सम्पन्न गरेकाछन् । अनेक अड्कलबाजि र आँकलन भएपनि बिबाद रहित रुपमा उनको भ्रमण सम्पन्न भएको छ ।
भारतमा उनले उच्च सम्मान पाएकाछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीको विकास र सम्बृद्धिको नारालाइ खुलेर प्रशंशामात्र गरेनन् आफूले पनि भारतमा त्यस्तै अभियान चलाएको दाबी गरे । ओलीको खुलेर प्रशंशा गरे ।
ओलीले समन्द्रमा नेपालको आफ्नौ पानी जहाज कुद्ने बताएका थिए । उनले नेपाललाइ रेलमार्गसंग जोड्ने पनि भने । त्यतिखेर उनलाइ हास्यको पात्रमात्र बनाइएन मजाकको बिषय समेत बनाइयो ।
भारत भ्रमणको क्रममा यो दुबै विषयमा मोदीले पुरा गर्न सहयोग गर्ने आश्वसनमात्र दिएका छैनन् दूइदेश बीच सम्झौता समेत भएको छ । उनको भाषण र भनाइले सार्थकताको खुड्किलो टेकेको छ ।
भारत एउटा विश्वको शक्तिराष्ट्र र आर्थिक रुपमा सम्पन्न देश भएकाले उसको सहयोग नेपाललाइ जरुरी छ र त्यो असल छिमेकीको हिसावले जायज पनि हुन्छ ।
भारत आफैले नेपालमा रेल वे र पानी जहाजको बिषयमा चासो दिएकाले अब यसले सार्थकता पाउने सम्भवाना बढेको जानकारहरुले बताउन थालेकाछन् ।
यो ओलीका लागि मोदीको अर्थात भारतको सबैभन्दा ठूलो उपहारको रुपमा लिन सकिने बताउन थालिएको छ । अन्तरदेशीय जलमार्ग र रेलमार्गको तिव्र विकास तथा विस्तारमा सहयोग गर्ने भारतको ठोस प्रतिबद्धता आएको यो पहिलो अवसर हो ।
टोलीमा संलग्नहरुको अनुसार भारतले आफै नेपाल र भारत अन्तरदेशीय जलमार्गलाई पारवहनको अतिरिक्त साधनको रुपमा दुई मुलुकको पारवहन सन्धिमा समावेश गर्न पनि सहमत हुनु नेपालको समुन्द्रमा पहुँचको लागि शुरुवाती चरण हो ।



