अपराध अनुसन्धान महाशाखा काठमाडौँका प्रमुख दिवेश लोहनीसहित तीन अधिकारीहरु कारबाहीमा परेका छन् ।

केरुङ नाका हुँदै ल्याएको ३३ किलो सुनकाण्डको अनुसन्धानमा शंकास्पद भूमिका देखिएपछि उनीहरुलाई हेडक्वार्टर तानिएको हो । प्रहरी हेडक्वार्टरले एसएसपी लोहनीसँगै डिएसपी प्रजित केसी र प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई हेडक्वार्टरको मानवश्रोत विकास विभागमा हाजिर हुन निर्देशन दिएको छ । पत्र प्राप्त भएपछि शनिबार नै एसएसपी लोहनीले महाशाखाका एसपी उमाशंकर पञ्जियारलाई चार्ज बुझाएर मानव स्रोत विकास विभागको लागि रमाना बुझिसकेका छन् । उनीसँगै डीएसपी केसी र सई सञ्जेलले पनि रमाना बुझेको महाशाखा स्रोतले जानकारी दिएको छ । उनीहरु तीनैजना आइतबार मुख्यालयमा हाजिर हुनुपर्नेछ ।

किन तानिए कारबाहीमा ?

फागुनको पहिलो साता चुडामणि उप्रेतीले चीनको केरुङ नाका हुँदै ३३ किलो सुन नेपाल भित्र्याएका थिए । तर, सुन एकाएक गायब भयो । भरियाले सुन लुकाएको आरोपमा मोरङको उर्लाबारी–७ का शाक्यलाई गत फागुन १८ गते कुटीकुटी हत्या भएको थियो ।

धरानमा हत्या भए पनि काठमाडौँबाट खटिएका डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल समेतको टोलीले फागुन १९ गते विराटनगरको पोखरीयाबाट शाक्यको शव बरामद भएको जनाएको थियो । जुन निकै शंकास्पद र विवादस्पद देखिएको थियो । शाक्यको हत्या प्रकरणमा प्रहरीकै मिलेमतोको आशंकामा प्रहरीले हेडक्वार्टरले डिआईजी पुष्कल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको थियो ।

प्रहरीका उच्च अधिकारीकै नाम जोडिएर आएपछि गृह मन्त्रालयको निर्देशनमा प्रहरी मुख्यालयले तीन हप्ता अगाडि अवकाशको मुखमा रहेका डीआईजी पुष्कलराज रेग्मीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । प्रारम्भिक अनुसन्धानमा महानगरीय अपराध महाशाखाका उच्च अधिकारीको संलग्नता पुष्टि हुने आधार हुँदाहुँदै अवकाशको मुखमा रहेका डीआईजी रेग्मीले आरोपीमाथि कारबाहीको सिफारिस गर्न आनाकानी गरेपछि सरकारले नयाँ अनुसन्धान टोली गठन गरेको हो ।

गत मंगलबार सरकारद्वारा गठित विशेष अनुसन्धान टोलीमा डीआईजी रेग्मीलाई राखिएको छैन । उनी यही चैत २८ मा ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदै छन् । गत मंगलबार सम्पन्न मन्त्रिपरिषद्को बैठकमा समेत यो विषयमा छलफल भएको थियो । छलफलको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरोपी जुनसुकै दर्जा अथवा तहको भए पनि कठोर कारबाही गर्न निर्देशन दिएपछि गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरिएको थियो ।

‘सङ्गठित अपराध निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७०’ को ‘दफा १२’ बमोजिम गठित ९ सदस्यीय उक्त टोलीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका उपसचिव भावेश्वर पाण्डे, कानुन अधिकृत भोजराज दाहाल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता हरि रेग्मी, नेपाल प्रहरीका एसएसपी बसन्तकुमार लामा, डीएसपी सुदीपराज पाठक, इन्स्पेक्टर भीष्म हुमागाईं र सई सुमन कार्की सदस्य छन् । एसएसपी लामा, डीएसपी पाठक र इन्स्पेक्टर हुमागाईं यस अगाडि प्रहरी मुख्यालयले गठन गरेको छानबिन समितिमा पनि सदस्य थिए ।

उक्त अनुसन्धान टोलीले गत मंगलबार र बुधबार एसएसपी लोहनीसहित ४ प्रहरी कर्मचारीको गृह मन्त्रालयमा बोलाएर बयान लिएको थियो । प्रारम्भिक अनुसन्धानमा अपराध महाशाखाका प्रहरी अधिकारीहरुको भूमिका शंकास्पद देखिएपछि गृहसचिव स्तरीय निर्णयबाट एसएसपी लोहनी, डीएसपी केसी र सई सञ्जेललाई जिम्मेवारीबाट हटाएर प्रहरी मुख्यालयमा हाजिर गराई अनुसन्धानमा सहयोग गर्न भन्दै पत्राचार गरिएको थियो । गृहको पत्राचारपछि पनि आईजीपी प्रकाश अर्यालले लोहनीलाई बचाएर तल्लो दर्जाको प्रहरी कर्मचारीलाई मात्र फसाउने नियत राखेका कारण गृहको उक्त निर्णय ढिलो गरी कार्यान्वयन भएको हो ।

एसएसपी लोहनी, डीएसपी केसी र सई सञ्जेलले तस्करी गरेर ल्याएको सुन आधा (साँढे १६ किलो) पाउने लोभमा सनमको हत्यापछि ‘शव व्यवस्थापन’को जिम्मा लिएको छानबिन समितिको निष्कर्ष छ ।

दैनिक नेपाल डट कम बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah