मेषः– आइतवार सम्म समयले साथ दिने छैन । कहि कतैबाट मन चुडिने काम हुनसक्छ । दुःखका रेखाहरु कोरिने छन् । प्रियजनबाट टाढा हुने अवस्था आउन सक्छ । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । सोमबारबाट समयले थोरै साथ दिनेछ । गोपनियता अप्नाई काम गर्नु होला । साताको अन्त्यमा केहि महत्वपूर्ण काम हुनेछन् । दुःख,कष्ट हरण हुनेछन् । दुष्टहरुको पराजय हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सहयोगी मन भेटिने छन् ।
वृषः–साताका अधिकाँश दिन उपलब्धि विहिन रहनेछन्,काम गर्दा होशियारीपूर्वक गर्नु होला । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । विश्वास र भरोसा टुट्न सक्छ । दैनिक काम काजमा समस्या आउने देखिन्छ । संचित धनको नास हुनेछ । कार्य क्षमतामा ह्रास आउनेछ । पढाई लेखाईमा मन जाने छैन । व्यापार व्यवसायमा अवनति हुनेछ । बुधबार मध्यान्हबाट समयमा सामान्य सुधार आउनेछ । रोकिएका काम अगाडि बढ्ने छन् ।
मिथुनः– साताको प्रारम्भमा केहि काम हुनेछन् । विपरित लिङ्गिको सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । विदेश यात्राको सम्भावना देखिन्छ । सोमबार देखि समयले साथ दिने छैन । सहज रुपमा काम गर्न सकिने छैन । विभिन्न बाधा अवरोधको सामना गर्नु पर्ने छ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । विवाद खडा गर्न खोज्ने कम हुने छैनन । वित्तिय कारोवारमा ध्यान दिनु होला । भयातुरमा काम नगर्नु होला । मानसिक तथा शरीरिक दूर्वलता बढ्नेछ ।
कर्कटः–दुविधा बढ्नेछ । पहुच नपुग्दा काम बन्ने छैनन । समयमा कार्य सम्पादन गर्न गाह्रो हुनेछ । लगनशिलता बढाउनु होला । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । हतारमा गरेका काम विग्रिन सक्छन् । योजनाबद्ध अगाडि बढेमा धेरै ठाँउमा सफलता मिल्नेछ । संघर्षबाट नभाग्नु होला । श्रमबाट सफलताको सिढि चढ्न सकिनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । मुद्धा मामिलामा विजय हात लाग्नेछ । साताको अन्त्यमा खर्च विवाद बढ्नेछ ।
सिंहः– सातको पूर्वाद्ध त्यति अनुकुल देखिन्न । विभिन्न खालका समस्या झेल्नु पर्नेछ । आत्मसन्तुष्टि मिल्ने छैन । सुख,समृद्धिमा कमि आउनेछ । वैराग्यता जाग्नेछ । काममा विरोधीले व्यवधान खडा गर्ने छन् विचार पु¥याउनु होला । प्रयत्न गरे साताको अन्त्य सुखद रहनेछ । अरुको भर विश्वासमा मात्रै काम गर्दा दुःख पाईनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । विदेश यात्राको योग पनि देखिन्छ । सहयोगी मिल्नेछ ।
कन्याः– साताका अधिकाँश दिन अनुकुल देखिन्न । काममा उतार चढाव आउनेछ । सजग र सचेत भएर काम गर्नु होला । लगनशिल भई गरेका केहि काम बन्ने छन् भने धेरै काम अधुरा रहने छन् । विश्वास गरेकाबाट धोका हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । घर परिवारको अल्प सहयोग मिल्नेछ । आम्दानीका मार्ग खुम्चिने छन् भने खर्चका मार्ग बढि खुल्ला हुनेछन् । स्पष्ट मार्ग निर्देशन नहुदा दुःख पाईनेछ । मुद्धा मामिला बादविबाद बढ्न सक्छ ।
तुलाः– आइतबारसम्म समय सामान्यतया अनुकुल देखिन्छ । प्रयत्नहरु सफल हुनेछन् । आफ्नो काम गर्न अरुको मुख ताक्नु पर्ने छैन । उद्योग धन्दा बन्द व्यापारमा लगानी बढ्नुका साथ मुनाफा बढि नै हुनेछ । सहयोग सहानुभूति मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । वौद्धिक व्यक्तिसँगको सामिप्यता बढ्नेछ । अड्किएर रहेका कामहरु अगाडि बढ्ने छन् । सोमबार देखि समयले साथ दिने छैन । खर्च विवाद बढ्नेछ । पारिवारिक समस्या बढ्ने छन् । मनमा अशान्ति फैलिनेछ ।
वृश्चिकः– शनिबार र आइतबार मध्यम खालको दिन छ । आर्थिक कारोवारमा ध्यान दिनु होला ।नयाँ क्षेत्रमा लगानी नगर्नु होला डुब्न सक्छ । सोमवार र मंगलबारको दिन साता कै उत्तम दिन देखिन्छ ।व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । पराक्रम बढ्नेछ ।बुधबार र विहिबार भने त्यति अनुकुल देखिन्न । कार्य क्षमतामा ह्रास आउनेछ । व्यापारमा मन्दि आउनेछ । पारिवारिक समस्या बढ्नेछन् । धन सम्पति नास हुनसक्छ ।
धनुः– शनिबार र आईतबार काम गर्ने उत्साहा बढ्नेछ । भोज भतेर सभा समारोहमा सहभागि हुने अवसर आउनेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । पढाई लेखाईमा प्रगति हुनेछ । सोमबार र मंगवार भने प्रतिकुल देखिन्छ । संचित धन नास हुनेछ। चनाखो नभए इष्टमित्रले डुबाउने छन् । काम काजमा विलम्ब हुनेछ । बुधबार विहिबारका दिन उत्तम देखिन्छ । काममा प्रगति हुनेछ । कार्य क्षमता बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । थोरै प्रयत्न गरे नयाँ काम हात पर्नेछ ।
मकरः– आइतवार सम्म समयले पुर्ण साथ दिनेछैन । खर्च विवाद बढ्ने देखिन्छ । कार्य प्रगतिमा तगारो लाग्नेछ अनावस्यक काममा समय र धन लगानी हुनेछ । विश्वास गरेकाले धोका दिने छन् । सोमबार बाट भने समयमा सुधार आउनेछ । भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको साथ पाउदा मनमा उमङ्ग बढ्नेछ । गर्न बाँकी रहेका काम बन्नेछन् । वैदेशिक क्षेत्रबाट लाभान्वित हुनुहुनेछ ।
कुम्भः– सोमबार र मंगलबार साता कै कनिष्ठ दिन देखिन्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला । अनावस्यक काममा धन र समय लगानी हुनेछ । फजुल खर्च बढ्नेछ । व्यर्थको घुमाई फिराई बढि हुनेछ ।अन्य दिन भने अनुकुल रहने छन् । समयले पूर्ण साथ दिने देखिन्छ । रोकिएका कामले गति समाउनेछ । कार्य लगनशिलात बढ्नेछ । कुरा काट्नेहरु सहयोगको हात फैलाउने छन् । द्वन्दको अन्त्य हुनेछ । सामाजिक काममा सहभागि हुने अवसर आउनेछ ।
मिनः–साताको सुरुवात राम्रो देखिन्छ । रोकिएका कामले गति लिनेछ । कार्य लगनशिलता बढ्नेछ । सहयोगी हात फेला पर्नेछन् । मेहनत गर्नु होला,सामान्य प्रयासबाट सफलताको सिढि चढ्न पाईनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सामाजिका क्षेत्रमा छुट्टै पहिचान बनाउन सकिनेछ । बुधबार देखि भने लेनदेन कारोवारमा टाउको दुखाउनु पर्नेछ । विश्वास र भरोसा टुट्नेछ । अनाहकमा आलोचित हुनुपर्ला । जोखिम मोलेर कुनै काम नगर्नु होला क्षति धेरै हुनेछ । मनमा अशान्ति बढ्नेछ ।



