मोरङ । विरानगरको जतुवामा बस्दै आएका आचार्य श्रीनिवासलाई अज्ञात समूहले गोली हानेर घाइते बनाएको छ । आइतबार बिहान तीन बजेतिर सौच गर्न निस्किएका बेला उनीमाथि गोली प्रहार भएको हो ।

उनको छातीमा गोली लागेको प्रहरी स्रोतले बतायो । उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो । उनी हिन्दु धर्म गुरु हुन् । केही दिनअघि पूर्वराजा विराटनगर आएका बेला आचार्य श्रीनिवाससँग भेटघाट गरेका थिए ।