विष्णुप्रसाद पोखरेल
दमक । सहकारी डिभिजन कार्यालय झापाले आफ्नो कार्यालयका सहकारी अभिलेखहरुलाइ स्थानीय सरकार र प्रदेश सरकारलाइ हस्ताण्तरण गर्नका लागि प्रक्रिया थालनी गरेको छ ।

झापामा रहेका १५ स्थानीय सरकारका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाइ शुक्रबारदेखि अभिलेख हस्ताण्तरण तथा अभिमुखिकरण कार्यक्रम शुरु गरिएको सहकारी डिभिजन कार्यालय झापाका प्रमुख दुर्गा न्यौपानेले बताउनु भयो ।

उहाँका अनुसार कार्यालयले सबै फायल तयार बनाएर हस्ताण्तरणका लागि आवश्यक जानकारी दिनका लागि शुक्रबारदेखि स्थानीय सरकार प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुलाइ दूइ दिने अभिलेख हस्ताण्तरण तथा अभिमुखिकरण कार्यक्रम शुरु गरिएको हो ।

न्यौपानका अनुसार झापामा रहेका सहकारीहरुमा धेरैजसो एक स्थानीय सरकारभन्दा कार्यक्षेत्र बढि भएकाले प्रदेश सरकारको मातहतमा रहने खालका रहेकाछन् ।

न्यौपानेका अनुसार झापाका १५ वटा स्थानीय तहमा ३ सय ५४ वटा सहकारीहरुका फायलहरु हस्ताण्तरण हुनेछन् । बाँकी रहेका ५ सय ४२ वटा सहकारीहरु प्रदेश सरकारलाइ हस्ताण्तरण गरिनेछ ।

एउटामात्र स्थानीय तह कार्यक्षेत्र भएको सहकारी स्थानीय सरकारलाइ बुझाइने छ भने त्यो भन्दा बाहिर कार्यक्षेत्र भएका सहकारीहरुलाइ प्रदेश सरकारमा बुझाइने न्यौपानेको भनाइ छ ।

अब स्थानीय सकारमा सहकारीका कर्मचारीहरु पुग्ने र त्यसपछि सहकारीको काम स्थानीइ तहहरुबाट नै नियमन तथा अनुगमन शुरु हुनेछ । यसभन्दा अगाडि पनि केहि नगरपालिकाले स्थानीय सहकारीहरुका गतिबिधि र कार्यक्रमहरु माग्न शुरु गरिसकेका थिए ।

सहकराी हस्तातण्तरणको बिषयमा न्यौपानेले भन्नुभयो, हामीले हस्तायतरणका लागि सबै फायलहरु तयार पारेका छौ, अब ति फायलहरु हस्ताण्तरण हुनेछ ।

यसैबीच शुक्रबार जिल्ला समन्वय समिति झापाको सभाहलमा शुरु भएको दूइदिने अनुशिक्षण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले स्थानीय सरकारलाइ आत्मनिर्भर बनाउन र रोजगारको सिर्जना गर्न सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर स्थानीय सरकारलाइ आत्म निर्भर बनाउनु पर्नेमा जोड दिनु भयो । पोर्तेलले भन्नुभयो, स्थानीय सरकारको आर्थिक मेरुदण्डको रुपमा सहकारीहरु अघि बढ्नु पर्छ, यसका लागि स्थानीय सरकारले सहकारीमैत्री कानून ल्याउनेछ । झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah