नयाँ दिल्ली– प्रधानमन्त्री केपी ओलीले भारतको उत्तराखण्डमा रहेको कृषि परियोजना कार्यक्रमको अवलोकन गरेका छन्।

दिल्ली भ्रमणको तेस्रो दिन प्रधानमन्त्री ओलीले भारतको उत्तराखण्डस्थित पन्थनगरमा रहेको गोविन्द वल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयको समेत अवलोकन गरे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो क्रममा प्रधानमन्त्री ओलीले विश्वविद्यालय परिसरमा रुद्राक्षको बिरुवा रोपेका थिए। रोपिएको रुद्राक्षलाई प्रधानमन्त्री ओलीकी श्रीमती राधिका शाक्यले पानी हालेकी थिइन्।

प्रधानमन्त्री ओलीलाई गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले मानार्थ विद्यावारिधिलेबाट केहीबेरमा सम्मानित गर्दैछ।

भारत भ्रमणको अन्तिम दिन ओलीले बिहान केही राजनीतिक भेटघाट समेत गरेका थिए।

तीन दिने राजकीय भारत भ्रमणको क्रममा रहेका प्रधानमन्त्री ओली आजै साँझ ६ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ।