दमक,५ पुस/ लखनपुर–१ स्थित नन्द–चन्द्रकुमारी आङदेम्बे स्मृति प्रतिष्ठानले स्थानीय मंगलमय माविका अध्ययनरत विशेष कक्षाका विद्यार्थीहरुलाई लत्ताकपडा वितरण गर्ने भएको छ ।

विद्यालयमा अध्ययनरत १३ छात्रासहित ३२ जना विद्यार्थीहरुलाई आउदो पुस ८ गते शुक्रवार एक कार्यक्रमका बीच जाडोका लागि न्यानो कपडा वितरण गरिने भएको प्रतिष्ठानका सचिव बिष्णु सुब्बाले जानकारी दिए ।  उनले विपन्न समुदायका विद्यार्थीहरुलाई लक्षित गरि जाडोमा लगाउने ट्रयाकसुट हस्तान्तरण गरिने बताए । सो अवसरमा प्रतिष्ठानले विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न आगामी दिनमा थप सहयोगीमूलक कार्यक्रमहरु समेत सघाँउ पु¥याँउने प्रतिष्ठानका सचिव सुब्बाले जानकारी दिए ।