विष्णुप्रसाद पोखरेल

दमक । झापाको प्रमुख समस्याको रुपमा रहेको नदीहरु समस्या सामधान र प्रभावकारी तटबन्धनका नदी प्रणाली सुधारको प्रस्ताव अघि सारिएको छ । यसका लागि जिल्ला समन्वय समिति झापाले मिल्दाजुल्दा र सम्भव भएका खोलाहरुलाइ एकीकृत गर्न सकिने भन्दै यस्तो प्रस्ताव अघि सारेको हो ।

समितिले लामो छलफल र बहसपछि कमल खोलालाइ कन्काई खोलामा, मावा खोलाइ रतुवा खोलामा र टाङटिङ खोलालाइ विरिङ्ग खोलामा एकीकृत गर्न अध्ययन टोली बनाउन प्रधामन्त्री केपी शर्मा ओली समक्ष औपचारिक रुपमा ध्यानकर्षण गराएको छ । यसले झापामा नदी नियण्त्रणका लागि हुदै आएको खर्च कम हुने र स्थानीय सरकारका ला्गि सयौ बिगाह जमिन प्रांप्ति हुने बताइन्छ ।

यसका लागि प्रारम्भिक चरणमा कमल गाँउपालिका र शिवसताक्षी नगरपालिकाको समस्याको रुपमा रहेको कमल खोलालाइ कन्काइ खोलामा एकीकृत गर्न सकिने भन्दै बहस शुरु गरिएको छ ।नदी नियण्त्रणको क्षेत्रमा काम गर्दै आएको जनताको तटबन्धन कार्यक्रममा संलग्न प्राविधिकहरुले यस बिषयमा जिल्ला समन्वय समिति झापालाइ सुझाव दिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताउनु भयो ।

पोर्तेलका अनुसार चुरे क्षेत्रबाट यो खोला भारतसम्म पुग्दा २४ किलोमिटर लामो रहेको छ । यसको दुबैतर्फ तटबन्धन गर्नका लागि अरबौ रुपियाले समेत नपुग्ने देखिएको उहाँ बताउनु हुन्छ । यसलाइ चुरेको फेदीबाट कन्काइमा मिसाउदा ४ किलोमिटरमात्र दुरी पर्दछ । यसका लागि कसैलाइ मुआब्वा समेत दिइनु पर्दैन ।

हजारौ बिगाह सार्वजनिक जग्गा निस्कने र दूइवटा खोला नियण्त्रणका लागि लाग्ने बजेट एउटा खोला नियण्त्रणमा लगाउदा प्रभावकारी बन्ने पोर्तेलले बताउनु भयो । यो प्रस्ताव लिएर आफूहरु संघीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पुगेको र उहाँले सकारत्मक रुपमा लिएको पोर्तेलले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, कमललाइ कन्काईमा, मावालाइ रतुवामा र टाङटिङलाए विरिङ्गमा एकीकृत गर्न अध्ययनका लागि संघीय सरकारसंग माग गरिएको छ ।

उहाँले अन्य खोलाहरु पनि यसरी ब्यवस्थापन गर्न सकिने भन्दै अध्ययनका लागि सहयोग गर्ने बताउनु भएको पोर्तेलले जानकारी दिनु भयो । झापा र मोरग जिल्लाका स्थानीय तहहरुको समस्याको रुपमा रहेका मावा र रतुवालाइ समेत एउटै खोला बनाउन सकिने समेत प्राविधिकहरुले सुझाव दिएको पोर्तेलले जनाउनु भयो ।

यसैगरी साना तथा मझौला नदीहरु (टिमाई, हडिया, देउनीया, अदुवा–भुतेनी, घागरा, सुरुङ्गा, सानोमाई, सताक्षी, कमल) नियन्त्रणका लागि तटबन्धन निर्माण गर्न र मेची नदी सिमा नदी भएकोले छिमेकीसँगको सम्झौतालाई ख्याल गर्दै आगामी आब बाट तटबन्धन थाल्नु पर्ने पनि जिल्ला समन्वय समितिले सरकार समक्ष माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah