गर्मीमा हल्का मेकअप गर्दा राम्रो हुन्छ । किनकि, हेभी मेकअप गर्दा पसिनाले बिग्रिने पनि डर हुन्छ । त्यस्तै, सबै मेकअप सामान वाटरप्रुफ प्रयोग गर्दा प्रभावकारी हुन्छ । वाटरप्रुफ मेकअपलाई पसिनाले बिगार्ने डर हुँदैन । यस्ता मेकअप सामग्री पछिल्लो समय ट्रेन्डमा पनि छन् ।

वाटरप्रुफ फाउन्डेसन, मस्कारा, लिपस्टिक, आइस्याडोलगायतका मेकअप सामग्री बजारमा उपलब्ध छन् । वाटरप्रुफ मेकअप सामग्रीले मेकअपलाई नेचुरल देखाउन पनि सहयोग पुर्याउँछ ।

ड्रेसअनुसारको मेकअप गर्नुपर्छ । यदि लाइट कलरको ड्रेसअप गर्नुभएको छ भने मेकअप पनि लाइट गर्दा नै म्याच गर्छ । जस्तो कि सारीमा डार्क र न्युड लिपस्टिक राम्रो हुन्छ भने रङमा रेड, मरुन, डार्क पिंक, ओरेन्ज, रातो कलर छनोट गर्न सक्नुहुन्छ ।

गर्मी मौसममा गुलाबी, हरियो, सेतोजस्ता उज्यालो रङका ड्रेस राम्रो हुन्छ । बजारमा अनेक थरीका कपडा उपलब्ध हुने भएकाले छनोटमा विशेष ख्याल गर्नुपर्छ । ब्रान्ड हेरेर कपडा छनोट गर्दा राम्रो हुन्छ ।

गर्मीको समयमा शरीरबाट बढी पसिना बग्ने समस्या हुन्छ । यसले ड्रेसअप र मेकअप दुवैलाई प्रभाव पार्छ । त्यसैले गर्मीमा गर्ने मेकअपमा विशेष ध्यान दिन जरुरी हुन्छ । गर्मी मौसममा शरीरका अधिकांश भाग नछोपिने गरी ड्रेसअप गर्छन् । ड्रेसअप गर्दा पनि मौसमलाई विशेष ख्याल गर्न जरुरी हुन्छ ।

मान्छेको नजर सबैभन्दा पहिले आँखामा पर्छ । त्यसैले आँखाको मेकअपमा विशेष ख्याल राख्नुपर्ने हुन्छ । आँखाको मेकअप जहिले पनि सिम्पल र सुहाउँदो हुनुपर्छ ।

मेकअप गरेपछि मेकअप स्प्रे गर्न पनि सकिन्छ । यसो गर्दा मेकअप लामो समयसम्म टिक्छ ।

कतिपय गर्मी मौसममा पनि कपाल छोड्ने गर्छन् । तर, यसो गर्दा अप्ठ्यारो हुन सक्छ । त्यसैले झन्झटमुक्त कपालका लागि जुरो र पफ बनाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah