काठमाडौं नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो । आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की दौडमा थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए ।

डीआईजीमा बढुवा भएको ८ महिना मात्र भएकाले नयाँ कार्यसम्पादन मूल्यांकन समेत तयार हुन सकेको थिएन । प्रहरी नियमावलीमा एक वर्षको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था छ ।

को हुन् सर्वेन्द्र खनाल ?

सर्वेन्द्र खनालको जन्म २०२३ वैशाख १३ गते तनहुँको तनहुँसुरमा भएको हो । जागिरे बुबा केदारनाथ खनालसँगै बाल्यकाल बिताउने क्रममा उनी सानैदेखि काठमाडौंको पकनाजोलमा हुर्किए । लैनचौरस्थित शान्ति विद्यागृहमा प्रवेशिकासम्मको अध्ययन गरे । त्यसपछि अमृत साइन्स क्याम्पस (अस्कल) मा भर्ना भएका उनले २०४६ माघ २९ गते नेपाल प्रहरीको ९० औँ टोलीमा इन्स्पेक्टरबाट आफ्नो जागिरे जीवन शुरु गरेका हुन् ।

अस्कलमा भर्ना हुँदा अहिले उनीसँगै आइजीपीका प्रतिस्पर्धी पुष्कर कार्की एक व्याच सिनियर थिए । तर, पुष्करले आइएस्सी पहिलो बर्षको पढाई ड्रप गरेपछि क्लासमेट बनेका थिए । रमेश खरेलचाहिँ त्यही कलेजमा पाँच बर्ष पुराना विद्यार्थी थिए । उनी खेलमा रुची भएका कारण खेलाडीका रुपमा ०४५ फागुन १ गते प्रहरी जवानमा भर्ना भए । एक बर्षपछि सर्वेन्द्र र पुष्करहरुसँगै खरेलले पनि इन्स्पेक्टरको परीक्षा उत्तीर्ण गरे ।

अस्कल क्याम्पसमा सर्वेन्द्रका व्याची थिए, कलाकार तथा सञ्चारकर्मी दिनेश डिसी र सञ्चारकर्मी भूषण दाहाल पनि । साइन्स क्याम्पस पढे पनि यीमध्ये कसैले विज्ञानको क्षेत्रमा करिअर बनाएनन् । दिनेश अहिले रेडियो कान्तिपुरमा आबद्ध छन् भने भूषण कान्तिपुर टेलिभिजनमा छन् । सवेन्द्रहरुको ९० टोली २०४६ माघ २९ मा प्रहरी सेवामा भर्ना हुँदा एक नम्बरमा उत्तीर्ण भएका थिए, टीकानाथ पौडेल । तर, द्वन्द्वकालमा जागिर छाडे । त्यो व्याचमा सर्वेन्द्र, रमेश, पुष्कर भन्दा अघिल्लो बरियतामा थिए राजेन्द्रमान श्रेष्ठ ।

एसएसपीबाट डिआइजीमा बढुवा हुनुअघि उनी प्यारालाइसिसग्रस्त भए अहिले पनि शैयामा छन् । जिवित छन्, तर होस् छैन । राजेन्द्रमान यो व्याचमा महानिरीक्षकका अर्का बलिया दाबेदार मानिएका थिए । अर्का चल्ताफिर्ता मानिन्थे, रञ्जन कोइराला । तर, ०५८ मा सेवा परिवर्तन गरी सशस्त्र प्रहरीमा गएका रञ्जनमाथि पत्नीहत्याको अभियोग लाग्यो । अहिले रञ्जन सदरखोर डिल्लीबजारमा बन्दी जीवन बिताइरहेका छन् भने उनका व्याचीहरु अहिले संगठनको बागडोर सम्हाल्दैछन् । रञ्जनमाथि पत्नी हत्याको अभियोग नलागेको भए यति बेला उनी सशस्त्र महानिरीक्षकको बलियो दावेदार हुने थिए । तर, बलियो दावेदार हुने थिए । तर, त्यही व्याचका शैलेन्द्र खनाल सशस्त्र प्रहरीका आइजीपी नियुक्त भएका छन् ।

सर्वेन्द्रले जनप्रशासनमा स्नातकोत्तर (एमपीए) गरेका छन् । जागिरका सिलसिलामा इन्स्पेक्टर छँदा वडा प्रहरी कार्यालय दरबारमार्ग र कालिमाटीको इञ्चार्जका रुपमा काम गरे । डिएसपी छँदा नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय स्याङ्जा र रामेछापमा काम गरे । एसपीका रुपमा बारा, धनुषा र काठमाडौंको जिल्ला कमाण्ड गरे । एसएसपीका रुपमा उनले अञ्चल प्रहरी कार्यालय नारायणी र महानगरीय अपराध महाशाखा काठमाडौंको कमाण्ड गरे । एसएसपीमा केही समय प्रहरी महानिरीक्षकको सचिवालयमा काम गरेका उनले प्रहरी प्रवक्ताको जिम्मेवारी पनि सम्हाले । हाल डीआइजीका रुपमा ट्राफिक महाशाखामा कार्यरत छन् । जागिरे जीवनमा उनले २२ वटा विभूषण पाएका छन् भने १२ वटा विभिन्न तालिम हासिल गरेका छन् ।

सर्वेन्द्र खनाल २०४६ माघमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । आफ्नो ब्याचमेटहरुमा एसएसपीबाट डिआईजीमा बढुवा हुँदा खनाल एक नम्बरमा बढुवा भएका हुन् । ‘सेलिब्रेटी अफिसर’को रुपमा चिनिएका खनाल २०७२ मा महानगरीय अपराध महाशाखको प्रमुख थिए । अपराध महाशाखाको प्रमुख हुँदा २०७२ भदौ ३ गते उनले गुण्डा नाईके कुमार ‘घैंटे’को इन्काउन्टर गरेका थिए ।

नेपाली फुटबलको ओरालो यात्रामा ब्रेक लगाउन खनालको ठूलो योगदान रहेको छ । अपराध महाशाखा प्रमुख हुँदा ‘म्याच फिक्सिङ प्रकरण’मा अनुसन्धान गरेका खनालले २०७२ असोज २७ गते तत्कालिन राष्ट्रिय टिमका कप्तान सागर थापासहित ५ खेलाडीलाई नियन्त्रणमा लिएर मुद्दा चलाएका थिए । प्रहरीले लिएको भिडियो बयानमा उनीहरुले म्याच फिक्सिङ स्विकार गरेका थिए । त्यसपछि संगठनभित्र मात्रै नभएर समाजमा पनि खनाल सेलिब्रेटी अफिसरको रुपमा चिनिएका थिए ।

स्टार खेलाडीलाई कारवाहीको दायरामा ल्याएसँगै करिब २३ बर्षपछि नेपालले अन्तर्राष्ट्रिय खेल जितेको थियो । नयाँ संविधान निर्माणपछि भारतीय नाकाबन्दीको फाइदा उठाउँदै कालोबजारी गर्ने कार्यमा सहयोग गर्ने सह–सचिव तथा नापतौल विभागका प्रमुख रामआधार शाहलाई उनले हत्कडी लगाएका थिए । त्यहिबाट रिमोट कन्ट्रोल जडान गरेर उपत्यकामा ठगी गर्र्दै आएका पेट्रोलपम्प सञ्चालकहरुलाई खनालले कानुनी दायरीमा ल्याएका थिए ।

अपराध महाशाखाको नेतृत्व सम्हालेको एक सातामै खनालले जमिम शाह हत्याकाण्डमा संलग्न पूर्व–डिएसपी जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । २०६६ सालमा लाजिम्पाजमा शाहको गोली प्रहारबाट हत्या भएको थियो । तराईमा बस्दा विभिन्न भूमिगत समूहहरुको गतिविधि नियन्त्रण गरेका खनालले दर्जनबढी नक्कली इन्जिनियरलाई पक्राउ गरेर कारवाही गरेका थिए ।

उपत्यकाको अपराध श्रृङ्खलामा ललितपुरको बडिखेलमा भएको ‘बडीखेल हत्याकाण्ड’ निकै चर्चित मानिन्छ । एउटै परिवारका ५ जनाको विभत्स ढंगले भएको हत्या काण्डकाको खनालले नै पर्दाफास गरेका थिए । २०६० सालमा एउटै परिवारको पाँच जनाको ज्यान लिने चन्द्रबहादुर पहरीलाई खनालले करिब १२ बर्षपछि पक्राउ गरेका थिए । नयाँपेज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah