दमक/झापाको दमक ७ का ज्याके तामाङको लागुऔषधको ओभरडोजले मृत्यु भएको बताईएको छ । परिवारले समेत उनि लागुऔषध प्रयोगकर्ता भएको बताएको छ ।

बुधबार साँझ रतुवा खोलाको किनारमा तामाङको शव फेला परेको थियो । उनि स्थानीय डम्बर तामाङको छोरा हुन् । प्रहरीले घटनाको बिषयमा आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
स्थानीयहरुका अनुसार मृतक लागुऔषधको लतमा लामो समयदेखि फसेका थिए । यहि कारणले उनको मृत्यु भएको हो या अन्य कारण हो प्रहरीले छानविन गर्नु पर्ने पनि स्थानीयले माग गरेकाछन् ।