नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकहरू सर्वेन्द्र खनाल र शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहीबार बिहान आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षकद्वय खनाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुुन्।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र र सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको थियो।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिम्मेवारीका क्रममा आएका चुनातीहरुलाई अवसरका रुपमा लिने बताए। प्रहरी संगठनलाई अझ बढी उचाइँ दिने भन्दै उनले बृत्तिविकासका कुरामा ध्यान दिने बताए। सशस्त्र प्रहरीसँगको सम्बन्ध अझै प्रगाढ बनाएने उनले प्रतिबद्धता जनाए।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनले पाएको जिम्मेवारीमा अडिग भएर काम गर्ने बताए। कर्तब्य पालनाका क्रममा कोहीकसैसँग नझुक्ने उनले बताए।

गृह सचिव प्रेमकुमार राईले संगठनले दिएको जिम्मेवारी र प्रहरी महानिरीक्षकहरुले जनाएको प्रतिबद्धता अनुसार काम गरे समस्या नरहने बताए।

ठोस कार्ययोजना अनुसार अघि बढेर काम गर्न सुझाव दिए। अहिलेको भन्दा पनि अव प्रहरी संगठन नमुना बनाएर देखाउन राईले दुइटै प्रहरी महानिरीक्षकलाई निर्देशन दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah