मेलम्ची खानेपानी आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’को औपचारिक घोषणा गरिएको छ । सुरुङ खन्ने मुख्य काम सकिएकाे खानेपाली मन्त्री बिना मगरले सिन्धु र ग्याल्थुम खण्डको मिलन बिन्दुमा औपचारिक रुपमा ‘ब्रेक थु्र’ भएकाे घाेषणाा गरिएकाे हाे ।
सुरुङ खन्ने मुख्य काम मंगलबार नै सकिएको भए पनि बिहीबार (आज) औपचारिक घोषणा गरिएको हो ।
सिन्धुपाल्चोकको अम्बाथानेदेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २७ किलोमिटर सुरुङको ब्रेक थ्रु भएको हो । आउँदो दसैंअघि नै काठमाडौंमा मेलम्चीको खानेपानी ल्याउने तयारी भइरहेको मेलम्ची खानेपानी आयोजनाले दावी गर्दै आएको छ । सुरुङका तीनमध्ये दुई खण्ड यसअघि नै ब्रेक थ्रु भइसकेका थिए।
यसअघि ब्रेक थ्रु भएका खण्डमा ढलान र फाइलन फिनिसिङ गर्ने काम भइरहेको छ । अम्बाथानबाट ग्याल्थुमतिर र सिन्धुबाट सुन्दरीजलतिर साढे तीन किमि सुरुङ ढलान र फाइलन फिनिसिङ भइसकेको आयोजनाले जनाएको छ।
अब सुरुङ सफा गर्ने, पानी प्रशोधन गर्ने र पाइप विच्छ्याउने काम तीव्र बनाएर ढिलोमा दसैंसम्म काठमाडौंमा मेलम्चीको पानी आउने आयोजनाले जनाएको छ ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्याका आपूर्ति गर्ने उद्देश्यले सन् २००७ मा सम्पन्न गर्ने गरी सन् २००१ बाट आयोजनाको काम थालिएको थियो । सात वर्षमा सक्ने लक्ष्य लिइएको आयोजना १८ वर्षमा पूरा हुन लागेको हो ।



