मीन बहादुर पण्डित

सरकारले सर्बेन्द्र खनाललाइ प्रहरी महानिरीक्षकमा नियुक्त गरे पछि अर्का दाबेदार रमेश खरेलले राजिनामा गर्ने हल्लाले यति बेला नेपाली राजनीतिक बजार तातेको छ । स्वच्छ र हक्की छबि बनाएका अनि कडा स्वभाब भएका रमेश खरेल धेरै जनता माझ सेलिब्रिटी जस्तै छन् । प्रहरी महानिरीक्षक याने आइजीपीको पद पनि एउटा दौड जस्तै रहेछ । त्यशैले दौडमा एकजना पहिलो हुन्छ, अनी अर्को क्रमस दोश्रो र तेश्रो हुनु स्वोभाबीकै हो ।

फेरी एक सेकेन्डले वा अलिकता बडी नम्बरले पहिलो हुने र दोश्रो हुनेमा खासै ठुलो भिन्नता हुदैन । पहिलो हुनेले अलि बढ्ता अधिकार, तलब, सुबिधा, र इज्वत पाउला कुरा त्यत्ति हो । तर पहिलो हुनेलाइ मात्र सधै दौडाइ रह्यो भने थाकेर, दोश्रो वा तेश्रो हुनेले पनि कुनै दिन पहिलो हुनेलाई सजिलै जित्न सक्छ । कीनकि यो एउटै व्यक्ति मात्र दौडी रहने कुरा होइन ।

त्यशैले नेपाल पुलिसलाइ सधै एक नम्बरमा हुने गरि दौडाउन तपाईंको पनि सहयोग, समर्थन, सल्लाह र सदभाब चाहिन्छ । प्रहरी संगठन यस्तो संगठन हो, जसमा पहिलो हुनेलाई दोश्रो हुने देखि लास्ट हुने सम्म र दौडमा भाग नै नलिएकाहरूको पनि सहयोग र सदभाब चाहिन्छ ।
सान्ति सुरक्षा र जनताको जिउ धनको रक्षा गर्ने कुरामा गौरब पूर्ण इतिहास बोकेको नेपाल प्रहरीको महत्व र भूमिका कहिले पनि घट्ने छैन ।

बरु समय अनुसार यसलाई अझ सबल, आधुनिक र जन अपेक्षा अनुसार अगाडी बढाउनु पर्ने देखिन्छ । गाउ देखि सहर सम्म सान्ति सुरक्षा प्रधान गर्ने, लागु औसध कारोबार रोक्ने, अपराधिहरुलाई खोजेर अदालतमा बुझाउने, चोरी सिकारीलाइ नियन्त्रण गर्ने, जन प्रतिनिधिलाइ सुरक्षा दिने, निर्बाचनमा सान्ति सुरक्षा दिने, मठ मन्दिर आदि राष्टिय सम्पदाको सुरक्षा गर्ने, सरकारी कार्यालयहरुको सुरक्षा गर्ने देखि लिएर विदेशमा सान्ति स्थापना तथा अनुगमनमा समेत नेपाल प्रहरीको महत्व पूर्ण योगदान रहदै आएको छ ।

यस्तो गौरब पूर्ण इतिहास बोकेको संगठनमा तिब्र प्रतिसपर्दा हुनु त् स्वोभाबीक र खुसीकै कुरा हो ।
हरेक व्यक्तिको मुल्यांकन गर्ने क्षमता र तरिका अलग अलग हुन् सक्छ । सरकारको पनि मुल्यांकन गर्ने आफ्नै तरिका र आधार होलान, अनी सरकारको पनि नियम भित्र बाधिनु पर्ने आफ्नै बध्याता होलान । यस अर्थमा तपाईंलाइ नियुक्ति नगरेर सरकारले अपमानित गर्यो भन्ने अर्थ लाग्दैन वा लगाउनु हुदैन ।

तर मुख्य कुरा यो पालि सरकारको निर्णय चित्त नबुझेर अदालत जाने बाताबरण बनेन । अनी हामीले बुझेको यो पालि आइजीपी नियुक्तिमा आर्थिक र राजनीतिक चलखेल भएन । यसलाई सबै भन्दा राम्रो र सकारात्मक मान्नु पर्दछ ।
अर्को कुरा २ जना ख्याति प्राप्त कलाकारले गीत गाउदा पनि कुनै गीत कुनै कलाकारले राम्रो गाउला, कुनै गीत कुनै कलाकारले राम्रो गाउला । अनि कसैलाई कुनै कलाकारले गाएको गीत मन पर्ला, कसैलाई कुनैले । अनी त्यसमा पनि जज अनुसारको मुल्यांकन होला । एउटै बिद्यार्थीको कापी २ जना फरक फरक शिक्षकले जाच्दा नम्बर दिने अलग सैलीले गर्दा कहिले को पहिलो हुन् सक्छ, भने कहिले को पहिलो हुन् सक्छ ।

त्यशैले योगदान गर्न नम्बर एक नै हुनु पर्छ भन्ने छैन । तर आफुलाइ लागेको र आफुले चाहेको परिबर्तन गर्न भने नपाइन् सक्छ । त्यस्तो स्थितिमा भने रमेश खरेलले राजिनामा बारे सोच्नु पर्ने हुन् सक्छ । तर जन चाहना भनेको सक भर मिलेर प्रहरी प्रसासनलाइ बलियो, सुद्रिड, बिस्वस्त र प्रभाबकारी बनाउन भन्ने नै छ । जनताको नज़रमा दुबै व्यक्ति नम्बर वान नै छन् । त्यशैले एक जना आइजीपी भए भनेर अर्कोले अपमानित महसुस गर्नु हुदैन ।

जिन्दाजीको दौडमा कहिले को प्रथम हुन्छ त् कहिले को । जो भए पनि सल्लाह, समर्थन र सहयोग गरौ । देश र जनताको भलो हुने बाटो पनि यहि नै हो ।
अर्को कुरा कुनै पनि आमाले त् आफ्ना दुबै छोराको उत्तिकै माया भए पनि, अनि छोराहरु पनि उत्तिकै ट्यालेन्ट भए पनि, दुबैलाइ राजा बनाउन सक्दिनन । कीनकि राजा त् एउटै व्यक्ति मात्र हुने हो ।

अदालतमा एउटै केसको पनि ओकिल अनुसारको फरक बहस हुन्छ, अनि एउटै केसमा पनि न्यायधिस अनुसारको अलग अलग फैशला आउँछ । एउटै बिउ अनि एउटै बारीमा रोपेको मैकैको रुख पनि कोहि अल्को हुन्छ, कोहि अलि होचो हुन्छ, कुनैमा अलि ठुलो घोगा लाग्छ भने कुनैमा अलि सानो घोगा लाग्छ । त्यशैले समानता काँही पनि हुदैन ।

मौसम पनि सधै एकै किसिमको हुदैन । त्यशैले सधै भरि असार मै बर्खा सुरु हुन्छ भन्ने हुदैन, कहिले जेष्ठमै पानि पर्न सुरु हुन्छ त कहिले साउन लागे पछि मात्र पानि पर्न सुरु हुन्छ । स्कुलमा पनि पहिलो हुन् सकिएन भनेर स्कुल नै छोड्ने कुरा हुदैन । चुनाबमा हारियो भने पनि राजनीति छोड्ने कुरा हुदैन । जो जति नम्बरमा भए पनि देस र जनताको सेवा गर्न सबैले आ-आफ्नै ठाउ बाट योगदान गरौ । यसो गर्दा भोलि तपाईं रिटायर्ड भए पछि पनि अरु क्षेत्रमा स्तापित हुने आधार बन्ने छ ।

त्यति बेला पनि बामदेव गौतमले रमेस खरेललाइ काठमान्डौ प्रहरी प्रमुख बाट हटाएर सरुवा गर्दा बबाल भएको थियो । जन स्थर बाट जसको खुब आलोचना पनि भएको थियो । त्यसैले गर्दा उप चुनाबमा काठमान्डौ बाट एमालेले हारेको हामीले बिर्सेका छैनौ ।

रमेश खरेललाइ आइजीपीको रुपमा देख्न्न चाहनेहरु धेरै छन्, त्यशैले एती बेला उनि मात्र होइन उनका प्रसंसक पनि दु:खी भएका छन् । त्यहा सम्म पुग्नु पनि गर्भ कै कुरा हो । यत्रो ठुलो संगठनमा २ नम्बरमा पुग्नु पनि चानचुने कुरा होइन । फेरी ”फस्ट इज एब्री थिङ्ग्स, एण्ड सेकेन्ड इज नथिङ्ग” पनि त् होइन नि ।

अनि आज सेकेन्ड भएको व्यक्ति भोलि फेरी फस्ट हुन् सक्दैन भन्ने पनि त् होइन । त्यशैले समझदारीले निर्णय गर्नु होला । पहिलो हुन् पाइन भनेर राजिनामा गर्दा पनि जनतामा राम्रो सन्देस जादैन, अनी पहिलो हुन् पाइन भनेर राजिनामा गर्दा अलि सुहाउदैन, वा तपाईं जस्तो व्यक्तिलाई शोभा दिदैंन ।

त्यशैले आबेक वा हतारमा निर्णय गरेर सकभर राजिनामा नगर्नु होला भनेर बिनम्र अनुरोध गर्न चाहन्छु । राजिनामा दिए पनि त्यसलाई मज्जाले फिर्ता गर्न मिल्छ । तर एदी खरेलले राजिनामा फिर्ता लिन चाहेनन् भने पनि उनि नवराज सिलवाल जस्तै नेपाली राजनीतिमा आउनु पर्दछ, किन भने यत्तिको जागुरक व्यक्ति निस्क्रिय बस्नु उपयुक्त हुदैन । जहाँ रहे पनि याँहाको आगामी दिन सुभ रहोस । लालिगुरास बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय