काठमाडौं, २९ चैत । अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य नविना लामाले आगामी १३ वैशाखमा वैवाहिक जीवनमा बाँधिने निधो गरेकी छन् ।

लगनगाँठो जोडिदिनका लागि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनले विहीबार निम्तो पनि गरेकी छन् ।

अनेरास्ववियुकै नेता प्रवीण श्रेष्ठलाई औपचारिक रूपमा पति बनाउन लागेकी हुन्, नविनाले । उनीहरू प्रेम सम्बन्धमा लामो समयसम्म रहेका थिए । प्रधानमन्त्री ओलीले आर्मी अफिसर्स क्लवमा प्रमुख आतिथ्य गर्दै कम्युनिष्ट पारामा विहे भएको घोषणा गर्नेछन् । त्यसका लागि ओलीले आउने वचन पनि दिइसकेका छन् ।

३५ वर्षकी नविना अनेरास्ववियुकी अध्यक्ष भएपछि विहे गर्ने दोस्री एमाले युवा तेत्री हुनेछिन् । यसअघि अध्यक्ष हुँदा रामकुमारी झाँक्रीले विहे गरेकी थिइन् ।

यस्तो थियो प्रेम

कलाकारिता समेत गरेकी नविनाको प्रेम कहानी निक्कै रोचक छ ।

२०५६ सालमा एसएलसी पास गरेर काभ्रेको मादनकुँडारीबाट राजधानी आएकी उनी काठमाडौंमा अभिनय तिर लागिन् । फिल्म ‘म्हेन्दोला माया’मा अभिनय गर्दा नवीना भविष्यप्रति अन्योलमा थिइन् ।

पहिलो चलचित्रबाट राम्रो प्रतिक्रिया पाएकी नवीनामा अभिनयप्रति रूचि जागेको थियो । तामाङ भाषा तथा संस्कृतिमा आधारित ‘म्हेन्दोला माया’पछि नेपाली चलचित्रमा अनुबन्धित भइन् । तर छायांकनका लागि जोमसोम जानुपर्ने भएपछि फिल्मी करिअरबाट बाटो अन्तै मोडियो ।

अभिनेत्री हुँदासम्म परिवार खासगरी बुबा उनीसँग त्यति खुसी थिएनन् । २०५८ सालमा बानेश्वर क्याम्पसमा स्ववियु सभापतिमा हारेपछि उनको राजनीतिक यात्राले गति लिएको थियो । त्यो हारले उनलाई उर्जा दियो । त्यसले दिएको अठोटले विद्यार्थी राजनीतिक रथले गति लियो ।

उनले आफु प्रेम सम्बन्धमा रहेको पनि लुकाइनन् । एक वर्ष अघि त डेटिङ गएकै तस्बिरहरू बाहिर आए । ‘हामीले सँगै राजनीति सुरू गरेका हौं ।’ उनी भन्छिन् ।

मादनकुँडारीस्थित महेन्द्र माविमा अध्ययनरत हुँदै प्रारम्भिक कमिटीमार्फत अखिलमा संगठित भएकी उनी अनेरास्ववियुको २२औं महाधिवेशनबाट अध्यक्ष भइन् । यसले उनलाई युवा नेत्रीका रूपमा स्थापित गरिदिएको छ भने अभिनेत्री बन्ने सपनाको बाटो छेकिदियो ।

नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ भन्ने मान्यता राख्ने उनी अध्यक्षका रूपमा एक कार्यकालमात्रै रहने सोचमा थिइन्, भाग्यवस् प्रतिनिधि सभाको सदस्यमा समानुपातिकमा परिन् ।

‘जिम्मेवारी वहन गर्न सजिलो होस् भनेर होला, आमाबाबाले तत्कालै विवाह नगरे हुन्थ्यो भन्ने चाहनुहुन्छ तर म विवाहको पक्षमा छु’, नवीना भन्थिन्, ‘यो कार्यकालभित्रै विवाह हुने सम्भावना छ । यसका लागि मेरो घरपरिवारलाई मनाउनु छ ।’ अन्ततः उनी कार्यकालभित्रै विवाह गर्दैछिन् ।
-दैनिक नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah