विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक र आसपासको क्षेत्रमा सञ्चालन हुने ट्रिपरको ज्यादतीले गर्दा सडक हिड्ने पैदलयात्री देखि लिएर अन्य सवारी साधन कुदाउने तथा यात्रा गर्ने यात्रुहरुसम्म मारमा परेकाछन् ।
दमकको भित्रि सडक तथा दमक पाडाजुंगीमा पर्ने पूर्व पश्चिम राजमार्ग र पाडाजंगी गौरीगन्ज सडकमा ट्रिपरहरुको ज्यादतीले चरम सिमा नाघेको पाईएको छ । दमकको क्याम्पसमोडदेखि आम्दा जानेबाटो र पाडाजुंगीदेखि गौरीगन्ज जाने बाटोमा ट्रिपर राज्य छ । जहाँ अरुको केहि पनि चल्दैन र निरिह बन्ने अवस्था छ ।
डालाभन्दा माथिसम्म बालुवा गिटी र ढुंगा हाल्ने र त्यो हावाले उडाएर सडकमा हिड्ने मोटरसाइकल, साइकल र अन्य गाडि चालकहरु अधिक मारमा परेकाछन् ।
आँखाभरी धूलोमात्र होइन ढुंगा खसेर लाग्छ भनेर जोगिन नै मुश्किल भएको लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतमले बताए । उनको गाडिको अगाडिको सिसा नै ढुंगाले लागेर फूटेको छ ।
ट्राफिक प्रहरी पनि रमिते जस्तै बनेको छ । बेलामौका ५ सयदेखि १ हजार जरिवाना गरेपनि यसलाइ रोक्न सकेको छैन । ट्राफिक प्रहरीका अनुसार त्यो भन्दा बढि अधिकार पनि रहेको छैन ।

बा ५ ख २९१२ नम्बरको ट्रिपर



