काठमाडौं, ३० चैत । पूर्वमन्त्री एवम् सांसद हृदयश त्रिपाठीले राष्ट्रिय जनता पार्टी नेपालले गरेको आन्दोलनको औचित्य समाप्त भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै त्रिपाठीले राजपा नेपालले संविधान संशोधनको मुद्दा छाडेर प्रधानमन्त्री केपी ओलीलाई मतदान गरेकाले उनीहरूमा कुनै राजनीतिक सिद्धान्त नरहेको बताए । राजपाका शीर्ष नेताहरूले प्रदेश नं. २ लाई आफूहरूको बिर्ता ठान्ने परिपाटी अन्त्य नगर्दासम्म मधेसी जनताको हित नहुने बताए ।

‘संविधान संशोधनका कुरा गरेर हामीलाई गुमराहमा राखे आखिर केपी ओलीलाई विनासर्त मतदान गरेका छन्’, उनले भने, ‘त्यही भएर एमालेसँग मिलेर जानुभन्दा अर्को विकल्प राजपालाई छैन ।’

त्रिपाठीले भने, ‘प्रदेश नं. ५ मा हामीलाई स्थानीय तहको निर्वाचन बहिष्कार गर्न भने । प्रदेश नं. २ मा आफूहरू निर्वाचनमा सहभागी भए । यस्तो दोहोरो चरित्रले त राजनीति हुँदैन नि ?’

राजपाका शीर्ष नेतृत्वले आफूहरूलाई अन्याय गरेकै कारण पार्टी छाडेर एमालेका चुनाव चिन्ह सूर्यबाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरेको बताए ।
दैनिक नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah