प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को विदेश भ्रमण चीन हुने तयारी थालिएको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणको तयारीलाई तीव्र पारेको अधिकारीहरुले जनाएका छन् ।
आगामी बैशाखभित्रै ओलीको चीन भ्रमण हुने परराष्ट्रमन्त्रालयले जनाएको छ । त्यस अघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली वेइजिङ जाने तयारीमा हुनुहुन्छ । बुधबारमात्र मन्त्री ज्ञवालीले एक कार्यक्रममा अघिल्लो बर्ष ओली प्रधानमन्त्री रहँदा चीनसँग भएको सम्झौता कार्यान्वयनका लागि विभिन्न प्रोटोकलमा छिट्टै हस्ताक्षर हुने जानकारी दिनुभएको थियो ।
प्रधानमन्त्री ओली समेत चीनसँग भएका सम्झौता–सहमतिहरु यसपटक कार्यान्वयन गर्ने योजनामा रहनुभएको छ । न्यूज २४ नेपाल



