संघर्षको मैदानमा सबैले छिचोलिनै पर्छ । चर्चाले मात्र होइन, कामको सन्तुष्टिले संघर्षको बयान गर्छ भनेजस्तै बलिउड अभिनयमा ४ वर्षदेखि रमाइरहेकी पूर्व पोर्नस्टार सन्नी लियोनीको संघर्षको कथा पनि अनौठो छ ।
इन्टरनेटमा सबैभन्दा बढि खोजी सूचीमा पर्ने भारतीय–क्यानडेली मूलकी अभिनेत्री बलिउडमा सनसन्नी मच्चाइरहेकी छिन् । सन्नी लियोनी कति चर्चित छिन् भन्ने कुरा त सन् २०१४ मा उनी गुगलमा सबैभन्दा बढी खोजिने युवतीको रूपमा रहेसँग पुष्टि हुन्छ ।
तीन वर्षको बीचमा सन्नी लियोनीको चार फिल्महरू आएका छन्, कुछ लोचा है, मस्तीजाने, टीन और लोलो र वन नाइट स्ट्याण्ड पनि रिलिजको तयारीमा छ । यसले पनि पुष्टि गर्छ कि सन्नी लियोनी अब अमेरिकामा बन्ने पोर्न फिल्मबाट निक्लिएर बलिउडको दुनियाँमा पनि आफ्नो रवाफ जमाउन सफल भइसकेकी छन् ।
लोकप्रियताको यस्तो ग्राफमा उनले आफ्नै देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि पछाडि छोडिदिएकी थिइन् । लोकसभा निर्वाचनको दौरानमा आफ्नै सबै शक्ति प्रचार प्रसार खर्चिएका मोदीलाई पनि पछि पार्न सन्नीले खासै मिहिनेत नै गर्नुपरेको थिएन । गुगलको संसारमा सन्नी लियोनी एक नम्बरमा, मोदी दुई नम्बरमा र सलमान खान तेस्रो नम्बरमा भेटिएका थिए । गुगल सर्चको नतिजाले पनि स्पष्ट बताउँछ सन्नी लियोनी को हुन् ? तर अचम्मको कुरा स्वयम् सन्नीलाई नै थाहा छैन उनी को हुन् भनेर ।
सन्नी लियोनीलाई संसारभरीका उनका फ्यानहरूले हेर्न चाहन्छन् । गुगल रेकर्डले भन्छ, दुनियाँ सन्नीलाई देख्न लालायित छ । तर बाहिरी संसारमा कसैले खुलेर भन्दैन कि म सन्नीलाई हेर्न चाहन्छु वा हेरेको छु भनेर । यद्यपि सन्नीको जीवनमा पनि उनी फिल्म स्टार बन्नुभन्दा अगाडि पोर्न स्टार थिइन् भन्ने तथ्य एक अँध्यारो यथार्थको रूपमा रहनेछ । तर एकजना पोर्न स्टारबाट बलिउड स्टारमा आफूलाई उभ्याउन उनले गर्नुपरेको संघर्षको श्रृंंखला पनि चानेचुने भने छैन ।

सन्नी लियोनी भन्छिन्, ‘लीला बन्नु मेरो लागि मुस्किल काम थियो । त्यसको फस्र्ट लुक प्रोमो बनाउनका लागि ६ घण्टा लागेको थियो । ६ घण्टापछि मेरो हालत काफी खराब भउको थियो । यसका बावजुद् म अरू भन्दा २÷३ घण्टा पहिले नै उठ्नु पर्ने थियो । यो निकै कठिन थियो । किनकी यस्तो रोल मैले कहिल्यै निभाएको थिइनँ । म जति राम्रो अभिनेत्री हुँ, त्यो भन्दा राम्रो श्रोता हुँ भन्ने मलाई लाग्छ ।’
सन्नी को हो ?
‘म स्वयमलाई थाहा छैन कि म को हुँ । यो निकै कठिन सवाल हो । तर म भन्छु, मानिसहरू मलाई जे सोचिरहेका छन् म त्यो होइन । एक साधारण युवती हुँ । म थोरै नट्टी, थोरै लज्जालु र धेरै क्लोज छु । हरेक मानिस केही न केही हुन्छ ।’
पोर्न स्टारबाट बलीउड नायिका बनेकी सन्नीको फिल्म एक पहेली लीला रिलीज भइसकेको छ । बबी खानको निर्देशनमा बनेको यो फिल्म बलीउडमा अभिनेत्रीको हैसियतमा उनको चौंथो फिल्म हो ।
सन्नीका यसअघि आएका फिल्महरूमा कुछ लोचा है, मस्तीजादे, टीना र लोलो हुन् । उनको फिल्म वान नाईट स्टण्ड रिलिजको पर्खाइमा छ । यसबाट प्रष्ट हुन्छ कि सन्नी अमेरिकामा बन्ने पोर्न फिल्मबाट निस्किएर बलीउडमा आफ्नो बर्चस्व जमाउन सफल भइसकेकी छन् । लीलामा त उनले डबल रोल पनि निभाएकी छन् ।
लीलामा उनको भूमिका निकै सशक्त र मसलेदार छ । यसअघि उनले ज्याकपट, जिस्म टू र रागिनी एमएमएस टूमा पनि काम गरिसकेकी छन् । यी सबै फिल्ममा उनी निकै हट र सेक्सी लुक्समा थिइन् । लीलामा पनि उनको यस्तै अवतार देख्न पाइन्छ । यद्यपी उनको पोर्नवाला इमेज विस्तारै परिवर्तन हुँदै गएको छ । चर्चित रियालिटी शो बिग बोसबाट बलिउड छिरेकी सन्नी अहिले बलिउडको अभिन्न अंग बनिसकेकी छिन् ।
यस्तो छ, संघर्षको कथा
हाल संघर्षरत भारतबाट हजारौं किलोमिटर टाढा क्यानडाको सर्निया ओंटारियोमा १३ मे १९८१ मा सन्नी लियोनीको जन्म भएको थियो । सन्नीका पिता एक पञ्जावी सिख थिए । उनको जन्म तिब्बतमा भएको थियो । यद्यपी उनी काफी समय दिल्लीमा पनि बसेका थिए ।
सन्नीकी आमा भने हिमाञ्ल प्रदेशको सिरमौरकी हुन् । सोही कारण बाबु–आमाले उनको नाम करनजीत कौर वोहरा राखेका थिए । यही नाम सन्नी लियोनीको पासपोर्टमा अझै कायम छ । उनको परिवार क्यानडाबाट अमेरिकाको क्यालिफोर्निया बसाईं सर्दा सन्नी १३ वर्षको थिइन् । त्यसपछि उनको पढाई पनि अमेरिकामै भयो । तर, बदलिँदो हालत र माहोलमा उनी करनजीत कौर वोहराबाट एक एडल्ट स्टार सन्नी लियोनी बन्न पुगिन् ।
उनी भन्छिन्, ‘म नर्स बन्न चाहन्थेँ । मलाई डाक्टर होइन नर्स नै बन्नु थियो । म नर्सहरूले गर्ने सेवा र उनीहरूको केयरिङबाट निकै प्रभावित थिए । म हमेशा मानिसहरूको सेवा गर्न चाहन्छु । जब म अमेरिकामा थिए, त्यहाँ केही समय एक अस्पतालमा सेवा पनि गरेको थिएँ । जुन पेशा मलाई निकै आनन्दित लाग्थ्यो ।
उनले सन २००२ मा पोर्न इन्डस्ट्रीमा पाइला राखेकी थिइन् । सो समय उनी बाल चिकित्सा नर्स बन्नका लागि अध्ययनरत थिइन् । उनकी एक क्लास मेटले मोडलिङ गर्न सुझाव दिइन् । साथै लड्र्स म्यागेजिनका एक फोटोग्राफरसँग पनि भेट गराईन् । त्यसपछि करनजीत कौर वोहराको जिंन्दगी अचानक बदलियो र उनी सन्नी लियोनी बन्न पुगिन् ।
पोर्न इन्डस्ट्रीमा आफ्नो करिअरको सुरूवातमा सन्नीले पेंटहाउस नामक एक एडल्ट म्यागेजिनका लागि पोज दिइन् । त्यसपछि त उनलाई पोर्न इन्डष्ट्रीबाट प्रस्तावहरूको ओइरो नै लाग्यो । सन्नी लियोनीको सो न्यूड फोटोसुटले स्कोपको छडी नै लगाइदियो । यसमा पैसा र देश विदेश घुमने अवसर पनि बहुत् थियो । सायद यही कारण थियो, उनले पोर्न इन्डस्ट्रीमा पाइला अघि बढाउनुमा ।
सन्नीले २००३ मा अमेरिकी पोर्न इन्डस्ट्रीको सबैभन्दा ठूलो प्रोडक्सन हाउस विविड इन्टरटेनमेन्टका साथ तीन वर्षको करार गरेकी थिइन् । यसका साथै उनले हार्डकोर पोर्नोग्राफीको दुनियामा होमिइन् । सन्नी लियोनीको यस कहानीमा अघि बढ्नुअघि यो पनि जान्नु जरूरी छ, आखिर सन्नी किन पोर्न इन्डस्ट्रीमा होमिइन् ।
विश्वकै सबैभन्दा ठूलो र चर्चित फिल्म इण्डस्ट्री अमेरिकाको हलीउड हो । साथै अमेरिकामा पोर्न फिल्म इन्डस्ट्री पनि खुबै चर्चित छ । जहाँ यौन क्रियाकलापलाई खुल्ला फिल्माकंन गरिन्छ । यस्ता पोर्न फिल्महरू पहिले सिडी र डिभीडिको सहारामा विश्वभर पुग्ने गर्थे तर, अहिले इन्टरनेटले सिडी र डिभिडीहरूलाई विस्थापित नै गरेको छ । इन्टरनेटमा सबैभन्दा बढी हेरिने चिज नै पोर्न फिल्म हो ।
कुनै अन्य फिल्ममा जस्तै पोर्न फिल्ममा पनि हिरो हिरोइन हुन्छन् । जसलाई एक सिनका लागिमात्रै पनि मोटो रकम दिइएको हुन्छ । पोर्न फिल्ममा काम गर्ने कलाकारहरूलाई एडल्ट स्टार वा पोर्न स्टारको रूपमा पुकार्ने गरिन्छ । अमेरिकामा हर साल यस इन्डस्ट्रीमा करोडौं रूपयाँको कारोबार हुने गरेको छ ।
विविड इन्टरटेनमेन्टले सन २००३ मा सन्नीलाई आफ्ना पोर्न फिल्मका लागि हिरोइनको रूपमा साइन गराएको थियो । सोही प्रोडक्सन हाउसबाट सन्नी पोर्नको दुनियामा सबैभन्दा लोकप्रिय र चिनिएकी सेलिब्रेटी बनिन् । ३५ पोर्न फिल्ममा एक्ट्रेसको रूपमा काम गरेकी सन्नीले २५ वटा पोर्न फिल्म निर्देशन पनि गरेकी छन् ।
अमेरिकामामात्रै होइन विश्वभर उनका करोडौं प्रसंसक छन् । दर्शकहरू उनको सुन्दरता र हट लुक्सबाट निकै प्रभावित छन् । –एजेन्सी



