विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक र आसपासको क्षेत्रमा भइरहेको ट्रिपर ज्यादती रोक्नका लागि झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र प्रहरी उपरिक्षक विष्णुकुमार केसीले ओभरलोड तथा बालुवा गिटी झार्दै हिड्ने ट्रिपरहरुलाइ कार्वाहीको निर्देशन दिएको हो ।
दमकका बिभिन्न सडकहरु र पाडाजुंगी गौरीगन्ज सडकमा ट्रिपरहरुको अधिक ज्यादती रहदै आएको छ । ट्रिपरको पछाडि डालाबाट बालुवा गिटी छार्दै सडकमा आफ्नो आदिपत्य जमाउदै आएकाछन् ।
सडकमा बस्ने ट्राफिक समेत रमिते बन्दै आएको छ । बेलामौका कार्वाही स्वरुप केहि रकम जरिवाना गर्ने गरेको छ । तर ट्रिपरहरुले ज्यादती रोकेका छैनन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतले ट्रिपरको ज्यादती रोक्न थालिएको जनाए । आफूले खोलामा गएर नै यस्तो कार्य रोक्न निर्देशन दिएको जानकारी दिए ।



