इनरुवा- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र पादर्शीताको आवश्यकता रहेको बताएका छन्।

कांग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीभित्र पादर्शीता भयो भने पार्टी आफैँ अगाडि बढ्ने बताए। उनले पार्टीलाई सबै कार्यकर्ताले थाहा पाउने गरी पारदर्शी बनाउनुपर्ने, लोकतान्त्रिकीकरण गर्नुपर्ने बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले कांग्रेसबिना देशको विकास सम्भव नभएका कारण देश विकास गर्न कांग्रेसको काँधमा थप बढी जिम्मेवारी आएको बताए।

नेता सिटौलाले संघ तथा प्रदेशसभा निर्वाचनमा पराजित हुँदैमा कांग्रेस कमजोर नभएको बताए। नेपाल लाइभ बाट