विष्णुप्रसाद पोखरेल
दमक/मोफसल बाहिरको सबैभन्दा ठूलो पुरुस्कार राशि सहित घोषणा गरिएको दमक गोल्डकप २०७५ को तयारीको क्रममा नगर खेलकुद समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ उद्घाटनमा निमण्त्रणा सहित छलफल गरेको छ ।
करिब डेढ करोड खर्च लाग्ने अनुमान गरिएकोमा नगरपालिकाले २० लाख बजेट छुट्याएको छ । समितिका संयोजक केन्द्र प्रशाइका अनुसार सरोकारवाला निकायहरुसंग छलफल तिब्र बनाइएको छ ।
आउदो बैशाख १९ गते देखि २८ गतेसम्म दमक बहुमुखि क्याम्पसको खेलमैदानमा दमक गोल्डकपको आयोजना हुने निश्चित बनेको दमक खेलकुद बिकास समितिका संयोजक केन्द्र प्रशाइले जानकारी दिए ।
उनले प्रधानमन्त्री ओलीसंग यस बिषयमा छलफल भएको र उहाँले समेत उत्साहका साथ यसलाइ सफल बनाउन लाग्नका लागि अनुरोध गरेको उनले बताएकाछन् ।

नगर खेलकुद बिकास समितिले बिभिन्न उप समिति समेत बनाइ सकेको छ । खेल संयोजकमा भिमराज केसी, प्रचार संयोजकमा चन्द्र खत्री, टिम व्यवस्थापनमा शैलेन्द्र श्रेष्ठ, स्टेज व्यवस्थापन संयोजकमा मोहन मगर,ग्राउण्ड संयोजकमा भाइचुङ लिम्बु, स्वास्थ्य संयोजकमा गंगा ढकाल, सुरक्षा स्वयमसेवक व्यवस्थापनमा गुमानसिंह तामाङ,पाहुना खेलाडी आतिथ्यता संयोजकमा दिपक धिमाललाई जिम्मेवारी दिइएको हो ।
प्रचार संयोजक चन्द्र खत्रीका अनुसार अहिले क्याम्पसमा प्याराफिट बनाउने कामको शूरुवात गरिएको छ । दमकको परिचय दिने दमक गोल्डकपलाइ ऐतिहासिक बनाइने उनले जनाए ।
खेल संयोजक भीमराज केसीका अनुसार विजेतालाई नगद रु १३ लाख ५१ हजार र उपविजेताले नगद रु ६ लाखसहित ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यो मोफसल बाहिरको सर्वाधिक राशिको पुरुस्कार हो ।
प्रतियोगितामा झापा ११, मनाङ मस्र्याङदी,त्रिभुवन आर्मी, नेपाल पुलिस,शसस्त्र प्रहरीको विभागिय टिम,थ्रीस्टार,सरस्वती क्लव,कोलकत्ता भारतसहित आयोजकको टिमबीच प्रतिस्पर्धा हुनेछ ।



