‘पहिले त कहिले काहाँ मात्रै कोठीमा आउँथ्यो । कहिले मसँग बस्थ्यो त कहिले अरु केटीसँग बस्थ्यो । तर बिस्तारै उ मेरो लागि मात्रै कोठी आउन लाग्यो । थाहै भएन कसरी उस्को र मेरोबीचमा एक खास सम्बन्ध बन्यो । भारतको मेरठस्थित एक रेड लाइट एरिया कबाडी बजारमा एक कोठीमा बेचिएकी अनिता(नाम परिवर्तन) कोलागि एउटा घटना जुन उनको अधेरो जीवनमा उज्यालो बनेर आयो ।

हुन त एक योनकर्मीको जीवनमा प्रेमको कुनै स्थान छैन । तर अनिताको जीवनमा प्रेमको रंग बिस्तारै चढ्न लागेको थियो । हुन त अनिलाई धेरै त्यस्ता भावना हिन सम्बन्धले गुज्रिएकी अनितालाई प्रेममा विश्वास गर्न कठिन थियो तर पनि आशाको किरण भने बाँकी नै थियो । यही प्रेमले उनको यौनकर्मीको जीवनबाट मुक्ति दिलायो । उनलाई समाजमा एक सम्मानजनक जीवन मिल्यो ।

जागिरको नाममा कोठी पुर्याइयो

पश्चिम बंगालको २४ परगनाबाट कोठी पुर्याइएकी अनिता भन्छिन्, ‘मेरो घरमा आमा, बुबा र एक सानी बहिनी र भाई थिए । घरमा सधैँ पैसको आवश्यकता पर्थ्यो । त्यसैले मैले केही कमाउनु पर्ने थियो । त्यहिबेला गाउँको एक मानिसले मलाई जागिर लगाइदिने बतायो । उसले मेरा बुबा आमासँग पनि राम्रो पैसा पाइने कुरा गर्यो । त्यसैले म पाँच वर्षअघि उसैको साथमा आएँ । तर केही दिनपछि उसले मलाई कोठीमा पुर्यायो ।

अनितालाई नर्कबाट मुक्ति चाहिएको थियो

अनिताको जीवनमा त्यतिबेला परिवर्तन आयो जब उनको भेट मनिष (नाम परिवर्तन) सँग भयो । उनी भन्छिन्, ‘मेरो र मनीषकोबीचमा कसरी विशेष सम्बन्ध बन्यो हामी दुवैलाई थाहा छैन । मनिष आएर मसँग कुरा थर्थ्यो मलाई खुसी लाग्थ्यो ।’
एक दिन मनिषले अचानको आफ्नो दिलको कुरा भन्यो । मनिषालाई कोठीबाट छुट्कारा चाहिएको थियो र मनिषले उसलाई साहरा दियो । तर उनलाई मनिषलाई झट्ट विश्वास गर्न पनि गाह्रो थियो । अनिता पहिले पाएको धोकाबाट सचेत थिइन । मनिष बारम्बार कोठी आउन लाग्यो । उनलाई भेट्न मनिष आउन लागेको कोठिको मान्छेले पनि थाहा थियो ।

कोठीबाट निक्लिएर घरबार बस्यो

अनितालाई त्यस ठाउँबाट निक्लिन निक्के हतार थियो । मानिषले एक गैरसरकारी संस्थाका सञ्चालक अतुल शर्माको सहयोगमा अनितालाई कोठीबाट बाहिर निकाले । त्यसपछि अतुल शर्माले मनिषको आमा बुबालाई भनिदिए । पहिले त उनीहरुले मानेन् तर छोराको जिद्धीको अगाडि केही लागेन । उनीहरुले अनिताको अतित् लुकाउने शर्त राखेका थिए ।

अनिता भन्छिन्, ‘मैले बिवाहको बारेमा सोचेको पनि थिइन तर मनिष मेरो जीवनमा आएपछि आशा जागेको थियो । उसको आमा बुबाले मलाई नस्वीकारेको भए पनि मलाई नराम्रो लाग्थेन किन भने कसैले पनि आफूलाई बद्नामी बनाउँन चाहदैनन् । तर, बिस्तारै मलाई पूर्ण रुपमा स्वीकार गर्नुभयो । आज मेरो एउटा छोरी छ । उसले इज्जतको जिन्दगी पाएकी छे ।’ बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah