काठमाडौं– फेसबुकको म्यासेन्जरमा समस्या देखिएको छ। यूरोपमा ४५ प्रतिशत फेसबुक प्रयोगकर्ताको म्यासेन्जरमा समस्या देखिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

डेलिमेलका अनुसार बुधबार म्यासेन्जरमा सन्देष पठाउन मिलेको छैन। त्यस्तै कतिपयले म्यासेन्जरमा सन्देष प्राप्त नभएकोले फेसबुकसँग गुनासो गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

म्यासेन्जरको सर्भरका समस्या देखिएको बताइएको छ। नेपालमा पनि केही प्रयोगकर्ताहरुको म्यासेन्जरमार्फत सन्देष पठाउन र प्राप्त गर्न नमिल्ने समस्या देखिएको छ। यो समस्याको बारेमा फेसबुकले केही बताएको छैन। ईनया पत्रिका बाट