युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट आज राजीनामा दिएका छन् । संघको जारी केन्द्रीय कमिटीको बैठकमा उजले राजीनामा दिएको जानकारी गराए । गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा अध्यक्ष पहारी प्रदेश ४ अन्तर्गत कास्की क्षेत्र नं ३ को (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि संगठनको जिम्मेवारी हस्तान्तरण गर्न राजीनामा दिएको उनले जानकारी गराए ।

०७२ असोजमा संगठनको महाधिवेशन गर्ने जिम्मेवारी सम्हालेका पहारीले महाधिवेशनको समय दुई पटक तोकेर स्थगन भएको थियो । संगठनको केन्द्रीय कमिटीले नयाँ अध्यक्षको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्ने सम्भावना बढेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संघका उपाध्यक्ष दीलु पन्त, सचिव नरेश शाहीलगायतले वाइसिएलसँग एकता गरी महाधिवेशनबाट नयाँ नेतृत्व निर्माण गर्नुपर्ने समयमा अध्यक्षले दिएको राजीनामाले संगठनमा लोकतान्त्रिक प्रणालीबाट नेतृत्व चयन हुन नसक्ने प्रतिक्रिया दिए ।

असन्तुष्ट पक्षले सर्वसम्मत् नेतृत्व चयन गर्ने नाममा नेतृत्व निकट व्यक्तिलाई अध्यक्षको जिम्मेवारी दिनका लागि हतास मानसिकताबाट अध्यक्षले पद त्यागको घोषणा गरेकामा चिन्ता व्यक्त गर्दै विधि र प्रक्रियाबाट नेतृत्व चयन नभएमा समानान्तर संगठन गठन हुनसक्ने बताएका छन् । नया पत्रिकामा खबर रहेको छ