करन महरा/केबि(हाल मलेसिया)
मुलुक सङ्घियतामा रुपान्तरण भएसंङ्गै राजनितिक अन्यौलता केहिरुपमा साम्य भएको देखिन्छ । दशकौँ देखिको नेपाली जनताहरुको चाहाना र आकांक्षा अनुरुप देस समृद्धिको पथमा अघि बढाउने अभिभारा निर्वाचित प्रतिनिधिहरुलाई सुम्पिसकेका छन्। तर पनि मुलुक समृद्ध बनाउनका लागि स्पष्ट निति-तर्जुमा भने अँझै बनाउन नसक्नुले जनतामा नैरास्यता छाउनु स्वभाविक हो ।
केही समय यता बिकाशको परिभाषा बदलिएको छ ,जसले गर्दा पनि जनतालाई थप निराशा र चिन्ताले पिरोलेको देखिन्छ। भौतिक पुर्वाधार निर्माण,तथा जनताका न्युनतम आवस्यकता हरु परिपुर्ती गराउनुको साटो मोनो रेल र पानी जहाजका ठुला-ठुला सपनाहरुले समस्या थप जटिल बनाउने निश्चित छ ।
आवस्यक संयन्त्रको पहिचान र तयारी बिना रेलमात्रै गुडाउँदैमा मुलुक कसरी समृद्ध बन्छ ?
कुनै पनी कामको नीति तर्जुमा गर्नु पुर्व आवस्यक सम्भाव्यताको संश्लेषण गर्नु जरुरी हुन्छ ।हरेक काम- कुराहरुमा सकारात्मक र नकारात्मक पाटो हुने हुँदा दुबैको प्रयाप्त बहस र छलफल बिना निकालिने निश्कर्षले पक्कैपनी दीर्घकालीन फाईदा गर्दैन । पछिल्लो समय जुनखालको सस्तो लोकप्रीयता र सेलिब्रेटी बन्ने होड देखिएको छ त्यो मुलुकका लागि निकै घातक सावित हुनेछ ।किनकि बिकास बोलेर मात्र सम्भवहुने कुरा पक्कै होईन । तर अर्को जटिल समस्या ,देस संङ्घियतामा जाँदा स्वत: मुलुकको खर्च वृद्धि हुने र पहिलेकै अवस्थामा मुलुकको अर्थतन्त्र चलाउन सम्भव हुँदैन तसर्थ आवस्यक पुँजिको पहिचानमा समेत समयमै ध्यान दिन जरुरी देखिन्छ । तथापी त्यस तर्फ कसैको ध्यान आकर्शित नहुनु आफैमा आश्चर्यजनक छ ।

लेखक: करन महरा/केबि(हाल मलेसिया)
पछिल्लो समय बिधालय भर्ना अभियानका दौरान सरकारका उच्च ओहोदामा रहेका ब्यक्तिहरुले गरिब घरानाका असहाय बालबालिका हरुलाई सरकारी बिधालाय भर्नाका लागि अभिप्रेरित गर्ने कदम सह्रानिय मान्न सकिन्छ तथापी गरिबका छोराछोरी सरकारी बिधालयमा भरना गराउनेले त्यस पुर्व आफ्ना बच्चाहरुलाई निजि/ (बोर्डिङ्ग )बिधालय तथा अन्तरास्ट्रिय कलेज हरुमा पढाउनु लाई आम सर्वसाधारण जनताले कुन रुपमा मुल्यांकन गर्ने या कसरी बुझ्ने ?
यदि भाषणले मात्रै मुलुक साँच्चिकै समृद्द बन्ने भए सम्भवत: नेपाल बिश्वमै पहिलो स्थानमा पर्थ्यो होला ।
नेता ज्यु,गफले देश बन्दैन !



