बिहीबार राति मालिन्दो इयरको जहाज ठुलो दुर्घटनाबाट जोगियो । उड्न लागेको विमान धावनमार्गबाट चिप्लिएर ४० मिटर पर गएर धस्सियो । मालिन्दो एयरको बि ७३७–९०० सिरिजको उडान नम्बर ओडि १८१, रविष्टे्रशन ९ एम एलएलजे कलसाइन भइको जहाज दुर्घटनामा परेको हो ।
उड्नै लाग्दा ककपिटछको स्क्रिनमा समस्या देखिएपछि धावनमार्गमा गुडिसकेको जहाज आकस्मिक रूपमा रोक्ने प्रयास गर्दा विमान दुर्घटना भएको हो ।
विमान धस्स्एिपछि अहिले आन्तरिक उडान भएपनि अन्तराष्ट्रिय उडान हुन सकेको छैन । जहाजलाई दुर्घटनास्थलबाट निकाल्न अहिले आर्मिका ७०,नजेपाल प्रहरीका ३० र वायुसेवा निगमका ३० कर्मचारी खटिएका छन् ।
२५ सय मिटर धावनमार्ग खुलाएर १५ बजेदेखि अन्तराष्ट्रिय उडान गनर्जे तयारी छ । विमान धस्सिएपनि चालकदलका सदस्यसहित सबैजना सकुशल रहेका छन् ।



