सन् २०१४ मा ट्वीटर एकाउन्ट खोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसोसम्म १ हजार २१ वटा ट्वीट गरेका छन् ।

‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने’ शीर्षकसहितको पछिल्लो हेडर फोटोमुनि उनी आफ्ना विचार, गतिविधि र निर्णय राखिरहेका हुन्छन् । ओलीले विभिन्न सञ्चारमाध्यम र राजनीतिकर्मी गरी जम्मा ३७ जनालाई फलो गरेका छन् । उनलाई भने २ लाख ८९ हजारले पछयाएका छन् ।

गत शनिबार ओलीले ‘ससाना लाग्ने काम आजै थालौं, भोलि ठूलाठूला सफलताको आधार हामी त्यहीँ फेला पार्नेछौं… आजैदेखि बालबालिकालाई विद्यालयमा भर्ना गरौं’ ट्वीट गरे । फोटोसहितको ट्वीटमा सयभन्दा बढी रिप्लाई र १६ सय लाइक छन् । तिनमा मुलुकको शैक्षिक स्तर सुधार्न, सरकारी विद्यालय बलियो बनाउन र शुल्क निर्धारण गर्न सुझाव दिइएको छ । २ सय ३४ जनाले
रिट्वीट पनि गरेका छन् ।

त्यसपछि एकैचोटि बुधबार प्रधानमन्त्रीट्वीटरमा देखिएका छन् । उनले निरक्षरता उन्मूलन अभियानअन्तर्गत आफूले एक बालक र बालिकालाई विद्यालय भर्ना गराएको उल्लेख गर्दै फोटोसहित आफ्ना कुरा राखेका छन् ।

त्यसमा जीवी श्रेष्ठको प्रतिक्रिया छ– ‘देशैभरिका बालबालिकालाई पेटभरि खान र शिक्षाको व्यवस्था गर्नुपर्‍यो, एक/दुई जनालाई भर्ना गरेको देखावटी अभियानबाट समस्या समाधान हुँदैन ।’ प्रेम क्षेत्रीले चाहिँ ‘शिक्षामा पनि केको अभियान, यो त बच्चाको नैसर्गिक अधिकार हो’ भन्ने कमेन्ट छोडेका छन् ।

नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले मुगुको रारा ताल जानुअघि र पुगेपछि पनि
ट्वीट गरेका थिए । रारा महोत्सवमा सहभागी हुँदै देशवासीका नाममा सम्बोधन गरेका उनलाई कतिपय ट्वीटेहरूले शुभकामना दिए भने धेरैजसोले व्यंग्यात्मक रिप्लाई गरे । ‘आधा बजेट तपाईंको भ्रमण र उद्घाटनमै सकिने भो,’ हरिहर कोइरालाले यस्तो रिप्लाई गरिरहँदा महेश शर्मा लेख्छन्, ‘प्लास्टिकले बेरेको फूलको गुच्छा र बोतलको पानीले के सन्देश दिन्छ ? प्लास्टिक त उतै फालेर आउनुभएन होला नि ?’

भारत भ्रमणका क्रममा ओलीले उत्तराखण्डस्थित पन्तनगरको गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालय परिसरमा रुद्राक्ष रोपेका थिए । त्यससम्बन्धी उनको ट्वीट पनि चर्चितै भयो । त्यसमा ७९ जनाले रिप्लाई गर्नुका साथै ६८ पटक रिट्वीट भएको देखिन्छ । राइज किङ नामक ट्वीटर प्रयोगकर्ताले व्यंग्य गर्दै लेखेको प्रतिक्रिया यस्तो छ, ‘नेपालमा आलु रोप्नु प्रमज्यू, सबैले तरकारीको मज्जा लिन सकून् ।’

त्यसअघि उनले एमाले नेता जागृतप्रसाद भेटवाल, कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी र कांग्रेस नेता खुमबहादुर खड्काको निधनले दु:खी बनाएको भन्दै शोकाकुल परिवारप्रति ट्वीटरमार्फत समवेदना व्यक्त गरेका थिए ।

यीसँगै उनको हरेकट्वीटमा इन्द्र चन्द नामक व्यक्तिले आफ्नो धार्मिक आस्था प्रचार गर्ने हेतुले रिप्लाई गरेको पाइन्छ । केहीले भने एकथरी टीटमा अर्को थरी (बिनाप्रसंगको) रिप्लाई गरेका छन् । जस्तै, प्रधानमन्त्रीलेखड्कालाई श्रद्धाञ्जली दिइरहँदा सञ्जीव झाले भने ‘हिन्दूका पर्वमा बिदा काट्नुको कारण के हो ?’ भन्ने आशयको रिप्लाई गरेका छन् ।

ओलीको ट्वीटर एकाउन्ट भेरिफाइड भएको छैन । उनी यसमा उत्ति साह्रो सक्रिय पनि छैनन् । भाषणमा उखान–टुक्का मिसाउने उनी ट्वीटरमा त्यस्तो गर्दैनन् । समसामयिक विषयमा लेख्छन् । कहिलेकाहीँ अंग्रेजी भाषामा पनि ट्वीट गरिरहेका हुन्छन् । पछिल्लो पटक यूएस–बंगला विमानको दुर्घटनाप्रति आश्चर्य जनाउँदै मृतकका आफन्तलाई ट्वीटमार्फत समवेदना दिएका थिए ।

‘सामाजिक सञ्जालमा उहाँ प्राय: अपडेट भइरहनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘उहाँका भाषण र कुराकानीमा पनि त्यो झल्किन्छ ।’कान्तिपुर दैनिक बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah