काठमाडौं । वैसाख ९ गते हुने भनिएको एमाले माओवादी पार्टी एकिकरण घोषणा अन्तिम चरणमा पुगेको छ । दुई दलबीच चुनाव चिन्ह, सिद्धान्त लगायतका बिषयमा सहमति भइसकेपनि पार्टीको सांगठनिक संरचनामा कुरा नमिल्दा दुवै अध्यक्षहरु थप गृहकार्यका लागि जुटेका छन् ।

प्रदेश र प्रतिनिधसभा निर्वाचनका लागि गठबन्धन गरेर अगाडी बढेका माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता हुने संकेत त्यतिबेला नै देखिएको थियो । निर्वाचनको मतपरिणामले एकता प्रक्रियालाइ थप हौसला प्रदान ग¥यो । त्यसपछिका दिनहरुमा पार्टी एकता संयोजन समिति मात्रै गठन गरिएन, दलका अध्यक्षहरुबीच नै पटक पटक ‘वान टु वान’ वार्ता भइरह्यो ।

एकिकरण पछि राखिने पार्टीको नाम, पार्टीगत सिद्धान्तलगायतका गम्भीर मुद्धाहरुमा सहमति भइसकेको छ । असहमतिको सबैभन्दा ठूलो बिषय बनेको छ पार्टी एकीकरण पछि अध्यक्ष को हुने भन्ने । माओवादी केन्द्रका शीर्ष नेताहरुको माग छ, महाधिवेशनपछि अध्यक्षको नेतृत्व पुष्पकमल दाहालले पाउनुपर्छ । त्यस्तै एकिकरणपछि गठन हुने हरेक संगठनमा दुवै दलको ५०–५० प्रतिशत सहभागिता हुनुपर्ने माओवादी केन्द्रको माग छ । यसबाहेक जनयुद्ध र जनआन्दोलनको योगदानको बुझाइ एकै हुनुपर्नेमा पनि सहमति जुट्न सकेको छैन ।

र केही नेताहरुले पार्टी एकिकरणपछि दुवै पार्टीका अध्यक्षलाई सहअध्यक्ष राख्ने बिषयको प्रस्ताव अघि सारेका छन् ।
एता, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले यसबारे आफू एक्लैले निर्णय लिन नसक्ने प्रतिक्रिया दिएपछि शुक्रबार र दिउँसो दुई घण्टासम्म चलेको ‘वान टु वान’ वार्तापनि निचोडमा पुग्न सकेन ।

एकता प्रक्रियाका लागि गठित एकता संयोजन समितिले समेत यी बिषयहरुमा छलफल र सहमतिका लागि दुवै अध्यक्षको जिम्मा लगाइसकेको छ । शुक्रबारको वार्ताले एकता प्रक्रियालाई सकारात्मक दिशामा डो¥याएको छ । जनता समाचार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah