प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा प्रविधि विज्ञमा अस्गर अलिलाई नियुक्त गरेका छन् ।

नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोन पे प्रा.लिई’का ईसेवाका सिइओ समेत हुन् । प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट देशभरि सहज ढङ्गले जनतालाई सेवा दिने सिस्टम विकास गर्न उनलाई नियुक्त गरिएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इसेवाबाट प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ५० लाख बढीले सेवा लिइरहेको छ । देशभर इसेवाका २० हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पाइन्ट) छन्। इसेवाको मोबाइल एप्स् प्रयोग गर्नेको सङ्ख्या एक लाख ५० हजार बढी रहेका छन् ।अली सूचना तथा प्रबिधि क्षेत्रमा गहिरो ज्ञान र प्रभाव राख्ने युव उद्यमी समेत हुन् । अली नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोन पे प्रा.लि’का कार्यकारी निर्देशक समेत हुन् ।

नेपालमै पहिलो पटक आयोजना भएकोे सिइओ समिट तथा अवार्डमा इसेवाका सिओ अलीले ‘योङ सिईओ अफ दि इयर’को उपाधी सम्मानित भएका थिए । अली स्पेनको वार्सिलोनामा भएको मोबाईल वर्ल्ड कंग्रेसमा सम्बोधन गरेका थिए । उक्त कंग्रेसमा नेपालबाट सम्बोधन गर्ने अली पहिलो व्यक्ति हुन् ।

को हुन् अली ? अर्घाखाँची जिल्लामा जन्मिएका अली कलेज लाइफ देखि नै आइटी क्षेत्रमा हात हालेका हुन् ।

तीन जना सहपाठी मिलेर सुरू गरेको एफवान सफ्ट कम्पनी अहिले अन्तराष्ट्रिय रूपमै स्थापित भइसकेको छ भने नेपालमा पेमेन्ट गेटवेमा इसेवा पायोनियर बनिसेकको छ । उनी केही दिन अघिमात्र योङ सिइओ अफ दि अवार्डबाट सम्मानित भइसकेका छन् ।

उनले केही समय अघिमात्रै स्पेनको वार्सिलोनामा भएको मोबाईल वर्ल्ड कंग्रेसमा सम्बोधन गरेका थिए । उक्त कंग्रेसमा नेपालबाट सम्बोधन गर्ने अली पहिलो व्यक्ति हुन् । प्रधानमन्त्री ओलीले सूचना तथा प्रविधि विज्ञमा नियुक्त गरेपछि अलीले भने ‘उहाँले सूचना तथा प्रविधिको क्षेत्रमा निकै धेरै काम गर्न खोज्नुभएको रहेछ, मैले पनि आफ्नो विज्ञता देखाउने अवसर पाउने भएँ, त्यसकारण म उहाँको विज्ञको रूपमा काम गर्न राजी भएँ ।

अबको मेरो प्रयास भनेको प्रविधिको प्रयोग गरेर नेपालमा रहेका सबै खाले समस्यालाई सहज बनाउने हुनेछ ’ । उनले नेपालका हरेक क्षेत्रलाई प्रविधिमैत्री बनाउदै लैजाने बताए ।

नेपालमै पहिलो पटक आयोजना भएकोे सिइओ समिट तथा अवार्ड कार्यक्रममा अलीले ‘योङ सिईओ अफ दि इयर’ विधामा अवार्ड समेत जितेका थिए । अलीले आफ्नो सिप र अनुभवलाई देशको आधुनिकिरण र समृद्धिको निम्ती प्रयोग गर्न पाउदा खुसी लागेको बताए । जनता टाइम्स बाट

-सवालनेपाल टिभी 

https://youtu.be/rR0l7BwVsXg