दमक/झापाको दमकमा पर्यटकीय क्षेत्रको रुपमा पहिचान बनाउन थालीसकेको बजारको पर्यटकीय नमूना मार्ग उद्घाटनको अन्तिम तयारी भइरहेको पाईएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली बैशाखको तेस्रोसाता आउने र नमूना मार्गको उद्घाटन गर्ने कार्यक्रम तय भइरहेको निर्माण उपभोक्ता समितिका एक पदाधिकारीले बताएकाछन् ।
सबै प्रकारका सवारी साधन कुदाउन प्रतिबन्ध लगाउने तयारी समेत शुरु गरिसकेको जनाइन्छ । दैनिक जसो यहाँ नगरपालिकाको टोलीले स्थलगत अवलोकन समेत गर्दै आएको छ ।
यसैक्रममा प्रधामन्त्री केपी शर्मा ओलीको नीजि सचिवालयका युवराज दाहाल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले समेत नमूना मार्गको अवस्थाको बिषयमा निरिक्षण गरेकाछन् ।




