लामो समयदेखि रोकिएको नेपाल प्रहरीको बढुवा खुलेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको मनोबल उच्च राख्दै काम अघि बढाउन बढुवा खोलेका हुन् ।
अघिल्ला आइजिपी प्रकाश अर्यालले तल्लो तहका कर्मचारीको पीडा नसुनेपछि बढुवा रोकिएको थियो । प्रहरीको नेतृत्व लिएलगत्तै खनालले तल्लो तहका प्रहरीको मनोबल उकास्दै शान्ति सुरक्षामा प्रभावकारी कदम चाल्न बढुवा अघि बढाएका हुन् । महानिरीक्षक खनालकै निर्देशनमा बढुवा समितिले शुक्रबार ७३ जना प्रहरी नायब निरीक्षक ९सई० लाई प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवाको सिफारिस गरेको छ । शुक्रबार नै १ सय ५० जना प्रहरी जवान हवल्दारमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस समितिले सईलाई इन्स्पेक्टर र जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरेको हो । सिफारिस हुनेमा ०६० सालसम्मका प्रहरी नायब निरीक्षकहरू रहेका छन् ।
इन्स्पेक्टरमा बढुवा सिफारिस हुनेहरूमा राजेन्द्र थापा मगर, भुवनबाबु खडका, अमृतबहादुर बस्नेत, रेशमप्रसाद आचार्य, बलराम गिरी, राजेन्द्रबहादुर केसी, श्यामकुमार कटुवाल, शान्ता तामाङ लामा, सुनील कार्की, कपिल वाग्ले रहेका छन् । यस्तै सरोज लम्साल, प्रेमप्रसाद रेग्मी, दीपककुमार कार्की, शरणकुमार दाहाल, रामचन्द्र घिमिरे, बेनप्रसाद श्रैष्ठ, किशोर आचार्य, नेत्रप्रसाद भट्ट, मानबहादुर बिसी, सुरेशराज भट्ट, चोपबहादुर खत्री, लेखनाथ दाहाल, धर्मजंग थिङ, रबिन्द्र थापा, राजेश पन्थी, गिरिराज भण्डारी, प्रदीपकुमार चन्द इन्सपेक्टरमा बढुवा सिफारिस भएका हुन ।
बढुवा समितिले सिफारिस गरेका अन्य सईहरूमा विजय कार्की, सुजितकुमार देवकोटा, धननारायण श्रेष्ठ, राजेश चन्द ठकुरी, प्रज्ज्वल थपलिया, माधवप्रसाद चौधरी, शशिधर शर्मा, राजेश दत्त, राजन पौडेल, उमेशमान अमात्य रहेका छन ।
यसैगरी लोकराज भट्ट ९ख०, बजिरसिंह विष्ट, नारायणबहादुर नराल क्षेत्री, लीलाबहादुर कार्की, लोकबहादुर विष्ट, अशोककुमार जगेबु बढुवा सिफारिसमा परेका हुन । बढुवा समितिका अनुसार सई लीलाराम आचार्य, अमृतबहादुर श्रैष्ठ, किरणप्रकाश मल्ल, किरण पाण्डे, प्रकाशकुमार केसी, अमिरकुमार दाहाल, मनिराम भट्ट, दिवाकर गणेश, जीवन थापा क्षेत्री, सुरेन्द्र धमला, अबिनाश अधिकारी, मोहन रायमाझी र गिताप्रसाद चौधरी इन्स्पेक्टरमा बढुवा सिफारिस भएका छन् ।
यसैगरी रबिन्द्रबहादुर कठायत, बालिष्टर सिंह, सुदर्शन थापा, सुरेन्द्र केसी, कैलाश चौधरी, इश्वर कार्की, गौरीप्रसाद गिरी, ब्रम्हदेव साह, रुद्रबहादुर शाही, रमेश राई, जयकृष्णप्रसाद कुर्मी, जगत दमाई, राजकुमार पहाडी, जनकबहादुर धार्मी, लोकेन्द्र अधिकारी र सुरेश बिक बढुवाको सिफारिसमा परेका हुन् । बढुवा समितिका सदस्य सचिव डिआइजी मनोज न्यौपानेले शुक्रबार नै बढुवा सिफारिसको सूची सार्वजनिक गरेका हुन् ।
यसैगरी प्रहरी जवानबाट हवल्दारमा बढुवा सिफारिस समितिका सदस्यसचिव प्रहरी नायब निरीक्षक दीपक थापाले १ सय ५० प्रहरी जवानलाई हवल्दारमा बढुवा सिफारिस भएको सूची सार्वजनिक गरेका हुन् । पहिलो चरणमा सो संख्यामा बढुवा गरिए पनि करिब चार सय प्रहरी जवानहरू प्रहरी हवल्दारमा बढुवा गर्ने गृहकार्य प्रहरी प्रधान कार्यालयले गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेका अनुसार दुई दिनभित्र रिक्त रहेको प्रहरी हवल्दार पदमा बढुवाको निर्णय भइसक्नेछ । आइजिपी खनालले महिना दिनभित्र सबै तहको बढुवा सक्ने योजना बनाएका छन् । सोही अनुसार उनले सबैभन्दा तल्लो तहबाट बढुवाको काम अघि बढाएका हुन् ।



