भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी चाडै नेपालको भ्रमणमा आउने भएका छन् । उनि बैशाखको अन्तिम वा जेष्ठ पहिलो साता नेपाल भ्रमणमा आउने तयारी गरेका हुन् । यद्यपी आधिकारी मिति भने तोकिएको छैन । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आजमात्रै उत्तरी छिमेकी मुलुक चिनबाट फर्किएकाले दुई देशविच थप छलफल भई भ्रमणको मिति तोकिने परराष्ट्र अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतिय पक्षले बैशाख २८ गते अर्थात मे ११ मा नेपाल आउने तयारीमा रहेको जानकारी दिएपनि त्यो आधिकारीक रुपमा पुष्टि हुन सकेको छैन । भारतिय पत्रिका हिन्दुस्तान टाइम्सलेदुई नेपाली अधिकारी, एक भारतिय अधिकारी र एक राजनीतिक नेता मोदीको भ्रमणको तालिका बनाउन व्यस्त रहेको जानकारी दिएको छ । यद्यपी यो पटक मोदी जनकपुर जाने भएका छन् । यसअघिकै भ्रमणका क्रममा रामजानकी मन्दिरको दर्शनका लागि जाने भनेपनि अन्तिम समयमा सो भ्रमण रद्ध गरिएको थियो ।
यता नेपाली पक्षले भने जेष्ठको दोस्रो सातासम्ममा भ्रमण हुन सक्ने जनाउ दिएको छ । यद्यपी भ्रमण मितिका लागि अहिले नै कुनै जानकारी नपठाएको बताउदै परराष्ट्रस्रोत भन्छ,‘प्रधानमन्त्री केपी शर्मा ओलीसग एक पटक छलफल गरेपछि भ्रमणको मिति तय गरेर हामीले भारतिय पक्षलाई मिति प्रस्ताव गर्नेछौं ।’ जनता टाइम्स बाट



