दमक/नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली दमक आउने भएकाछन् । प्रधानमन्त्री भएपश्चात आफू निर्वाचित क्षेत्र तथा आफ्नो गृह जिल्ला झापा उनि अहिलेसम्म आएका छैनन् ।
आगामि बैशाख १९ गते दमक आउन लागेका ओलीका २ वटा प्रमुख कार्यक्रमहरु तय भइसकेको श्रोतले जनाए । ओलीले दमक बहुमुखि क्याम्पसको खेलमैदानमा दमक गोल्डकपको उद्घाटन गर्नेछन् ।
यसैगरी दमकमा लामो समय र प्रयासपछि बनेको पर्यटकीय नमूना मार्गको समेत ओलीले नै उद्घाटन गर्ने तय भएको बताईएको छ । यसै अनुसार अहिले निर्माणको काम तिब्र गतिमा भइरहेको छ ।
एकसाता अघि दमक खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रशाइको नेतृत्वमा काठमण्डौ गएको टोलीले दमक गोल्डकप उद्घाटनका लागि ओलीलाइ निमण्त्रणा गरेको थियो ।
प्रसाइका अनुसार प्रधानमन्त्री ओलीले आफू आउने आश्वसन दिएको र त्यसै अनुसारको तयारी आफूहरुले गरिरहेको जानकारी दिए ।



