– करन महरा/ केबि
छोरोले जेनतेन गाँउको बिधालय बाट एसएलसी सकेर उच्च शिक्षाका लागि शहर जाँदै गर्दा बाउआमाले बिदाईका हात हल्लाउँदै भनेका थिए,छोरा .. हामी गरिब परिवारका मान्छे,तेसैमा बिकट गाउँमा बस्छौँ र पनि हाम्रो परिवारको आश भरोसा तेरै काँधमा छ ,अबत तँ पनि बुज्ने भैसकिस्,एकछाक नखाएरै भएपनी तेरो पढाइ खर्च पठाऔँला बरु छिट्टै पढेर परिवारकालागी केही गर् है छोरा !!

छोरो मन भारि गर्दै आँखाभरी टिलपिल आँसु सम्हाल्दै
मनमनै बृद्द बुवाआमा लाई आश्वस्त पार्दै शहर हानिन्छ।

उता क्याम्पसमा सरहरुले केटो गाउँबाट आएकाले अनुशासित र जेहेन्दार बिधार्थी भन्दै छात्रवृत्तिमा पढाउने निर्णय गर्छन्,उस्को मन पनि केही मात्रामा हलुंङ्गो भएको महशुस गर्छ र मिहेनतका साथ दुई बर्षे प्लस-टु को पढाइ सक्काउँदै पुनः गाउँ फर्कन्छ।

तर विडम्बना ,उच्च शिक्षा पढेपछि छोराले घरधन्दा,सबैथोकमा सघाउला भनी आस बोकेर कुरिबसेका बुबाआमा छोरा, हातमा प्रमाणपत्रको ब्याग समाति मलिन मुहारमा फर्केको देख्दा ,आशा जति सबै निरासामै रुपान्तरित हुन्छन्, पढेर के- केन बन्ला अनि परिवारका सुदिन फर्केलान् भनी देखेका सबै सपना चकनाचुर भैँदिँदा परिवारमा एक्कासि नैरास्यता छाएको देख्दा असैह्य हुँदै थोरै आशावादी भावमा बुवाआमालाई मन सम्हाल्न आग्रह गर्छ र आफू परिवारका लागि छिट्टै केही गर्ने योजनामा रहेको सुनाउँछ।

 

भोलि पल्ट एकाबिहानै ,आजसम्म जेनतेन पढेका थुप्रै प्रमणपत्रहरु बाकसभरी थन्काउँदै ,पुरानो झोलामा आफुसंङ्ग भएका लुगाफाटा सहित झोला बोक्दै बुवा- आमालाई आफुलाई आशिर्वाद दिन आग्रह गर्छ ।र आफू परिवारको खुशिका लागि काम गर्न खाडी जान लागेको बताउँछ । बुवा-आमाले पनि कोखमा हुर्काईबढाएको सन्तानलाई एक्कासी छोड्नु पर्दा मन भारी गर्दै सम्हालिँदै छोरालाई बिदाई गर्छन् ,छुट्टिँदै गर्दा बृद्द आमाले भन्दै थिईन् ,छोरा… भोको नांङ्गो नरहेस् है,कहिले काहीँ मात्रै भए पनि डाँडा घरे काकाकोमा फोन गरेस् है बाबू …..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय