संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनसम्पर्क हुने कार्यालयमा सेवाप्रवाहमा ढिलासुस्ती गरेको गुनासो आउन थालेपछि आइतबार मालपोत कार्यालय डिल्लीबजारको छड्के गरेका छन् ।
मन्त्री पण्डित, संघीय मामिला मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ, मन्त्री पण्डितका स्वकीय सचिव वासिम आलम सम्मिलित टोली बिहान १०.२० बजे मालपोत कार्यालय डिल्लीबजारमा पुग्दा ९ जना कर्मचारी अनुपस्थित रहेका थिए । मन्त्री छड्केमा पुगिसकेपछि २ जना कर्मचारी आइपुगेका थिए ।
कतिपय कर्मचारी लामो समयसम्म स्वीकृति नै नलिई बिदामा बसेको समेत पाइएको थियो । पत्रकारसहितको टोलीसहित अनुगमनमा निस्किएका मज्त्री पण्डितले कार्यालयमा समयमा अनुपस्थित हुन निर्देशन दिएका थिए । विनास्वीकृति बिदा बस्नेमाथि कारबााही गर्ने प्रतिबद्धता पनि मन्त्री पण्डितले प्रकट गरेका थिए ।
मन्त्री पण्डितले भने, जनताको काम नगर्नेलाई कारबाही हुने बताउँदै सामान्य प्रशासन मन्त्रालयको सीसी क्यामराले जुनसुकै कार्यालयको निगरानी गरिरहेको छ । जनताको काममा ढिलासुस्ती नगर्नुहोला । अनुगमन गर्नुको उद्देश्य जनसम्पर्क हुने कार्यालयमा सेवाप्रवाह चुस्तदुरुस्त गर्ने हो ।
अनुगमनका क्रममा डिल्लीबजार मालपोत कार्यालयका कामु प्रमुख केशव न्यौपानेले कर्मचारी अपुग भएको गुनासो र सर्भर बिग्रिरहने भएकाले अनलाइन सिष्टमले काम नगर्दा ढिलासुस्ती हुने गरेको बताएका थिए । नया पेज बाट साभार



