काठमाडौं, बैशाख ९

लेनिनको फोटोको बिषयलाई लिएर माओवादी केन्द्रका नेता कार्यकर्ताले होहल्ला गरेपछि स्थगित भएको एमाले माओवादीको संयुक्त सभास्थल राष्ट्रिय सभागृहमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड पुग्नुभएको छ ।

दुवैतर्फका नेताहरुले बिवाद समाधान गरेपछि ओली र दाहाल कार्यक्रम स्थल पुग्नुभएको हो । पार्टी एकताको सन्देश दिन आयोजित सभामा सुरुमै लफडा भएपछि दुवै पक्षका नेता कार्यकर्ता खिन्न भएका थिए । सोही अवस्था बुझेर दुवै अध्यक्षले बिवाद समाधान गर्दै कार्यक्रम स्थल पुगेका हुन ।

यसअिघ लेनिन जयन्तीको अवसर पारेर एमाले र माओवादीले संयुक्त रुपमा आयोजना गरेको सभामा लफडा भएको थियो । लेनिन जयन्तीको कार्यक्रममा लेनिनकै तस्वीर नदेखिएपछि हलमा उपस्थित माओवादी केन्द्रका कार्यकर्ताले नाराबाजी गरेका थिए ।

कार्यकर्ताको लगातारको नाराबाजीपछि आयोजकले उक्त बोर्ड हटाइएको थियो । माओवादी कार्यकर्ताले माओको तस्वीर नराखेकोमा पनि विरोध जनाएका थिए । संयुक्त रुपमा आयोजित कार्यक्रम सुरु नहुँदै विवाद भएपछि दुवै अध्यक्षको निर्देशनमा मिलाइएको हो ।

लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रमको बोर्डमा लेनिनकै तस्वीर थिएन । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र एमाले नेताद्वय मनमोहन अधिकारी र मदन भण्डारीको मात्र तस्वीर थियो । साथै केपी ओली र प्रचण्डका ठूला तस्वीर थिए ।

माओवादीले आफ्नो कार्यक्रममा कार्ल मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओको तस्वीर राख्ने गरेको थियो । सोही आधारमा माओवादी कार्यकर्ताले मञ्चमै गएर होहल्ला गरेपछि कार्यक्रम केही समयको लागि स्थगित भएको थियो ।

लेनिन जयन्तीको कार्यक्रममा लेनिनकै तस्वीर नदेखिएपछि हलमा उपस्थित माओवादी केन्द्रका कार्यकर्ताले नाराबाजी गरेका थिए। कार्यकर्ताको लगातारको नाराबाजीपछि आयोजकले उक्त बोर्ड हटाएको छ । माओवादी कार्यकर्ताले माओको तस्वीर नराखेकोमा पनि विरोध जनाएका थिए ।

माओवादीले आफ्नो कार्यक्रममा कार्ल मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओको तस्वीर राख्ने गरेको थियो । सोही आधारमा माओवादी कार्यकर्ताले मञ्चमै गएर होहल्ला गरेपछि कार्यक्रम केही समयको लागि स्थगित भएको थियो । कार्यक्रम पुन सुरु भएको छ ।

जनता टाइम्स बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah