विष्णुप्रसाद पोखरेल
दमक/नेपाली काँग्रेसका महासमिति सदस्य टीकाराज सापकोटाले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको भन्दै यस्तो हर्कत तत्काल रोक्नका लागि माग गरेकाछन् । उनले आफूले पार्टीका लागि गरेको त्यागका कारण सफलतातर्फ उन्मूख भइरहेका बेला आफूमाथि अराजनीतिक तवरले आक्रमण भएको भन्दै यस्तो माग गरेका हुन् ।

मिति र छाप बेगरको पत्र पठाएर स्पष्टिकरण माग्ने जस्तो कार्यलाइ आफूलाइ सहज रुपमा लिएको स्मरण गर्दै सापकोटाले कमल गाँउपालिकामा पार्टी बिधि बेगर चलेको आरोप पनि लगाए । उनले आफूले कहि चुकेको भएर उम्मेदवार हराउन लागेको भए प्रमाण ल्याउ चुनौती पनि दिए ।

आइतवार दमकमा पत्रकार सम्मेलन गर्दै सापकोटाले चुनावपछि गाँउपालिका अध्यक्ष उम्मेदवार हुकुमसिंह राइसंग घरदैलोमा समेत हिडको र स्वयं राइले प्रदेश निर्वाचनमा उठ्न सुझाव दिदै ज्यान फ्यालेर सहयोग गर्ने कसम समेत खाएको जनाए ।

अहिले आफ्नो चरित्र हत्या र राजनीतिक रुपमा आफूलाइ समाप्त गर्न खोजिएको भन्दै यो सोच पुरा नहुने उनको भनाइ थियो । आफू इमान्दार पार्टीको कार्यकर्ता भएकाले हुलहुज्जत नगर्ने र प्रक्रियामा गएर आफूमाथि लगाईएको आरोपको बिषयमा न्याय खोज्ने बताए ।

महासमिति सदस्य सापकोटाले वडा कमिटी र गाँउ कमिटीले कार्वाही गर्न नै नसक्ने भन्दै पार्टीको बिधान नै नबुझ्नेहरुबाट भएको यस्ता हर्कत निन्दनीय भएको टिप्पणी समेत गरे । उनले भने, पार्टी र संगठन नबुझेकाहरुका कारण यो अवस्था आएको मेरो बुझाइ रहेको छ ।

कमल गाँउपालिका एवं यस क्षेत्रमा पार्टीमा आफ्नो सम्पर्क राम्रो बन्दै गएको पाएपछि त्यो रिसले गर्दा कार्वाहीको सिफारीस गरिएको भन्दै नियोजित रुपमा आफू बिरुद्ध लाग्ने काम भइरहेकाले आफ्नो भनाइ प्रेस मार्फत जनतासम्म पुर्याउन चाहेको उनको भनाइ रहेको थियो ।

https://youtu.be/3KUlwmaTEmQ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah