कलाकार एवम् समाज सेवी सिताराम कट्टेल ‘धुमस’ले आजको दिन अर्थात वैशाख १२ गतेलाई कालो दिन भनेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट् गर्दै भूकम्पका बेला ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले कालो दिनको रुपमा २०७२ साल वैशाख १२ गतेलाई सम्झिएका हुन् । उनले स्ट्याटसमा लेखेका छन्, ‘ हजारौंको ज्यान गएको त्यो कालो दिन वैशाख १२ गते।
ज्यान बचाउन लाखौं मन एकैचोटी आत्तिएको त्यो काहाली लाग्दो क्षण । पराकम्पनहरुले पटकपटक मुटु कमाएको त्यो पल अनि अमेरिकि भूमिमा छट्पटाउनु पर्दाको पिडा सम्झिदा अहिले पनि आआँतेस लागिरहन्छ ।’
स्ट्याटससँगै उनले आफूले निर्माण गरेको नमुना बस्तीको तस्बिर पनि पोस्ट गरेका छन् ।
उनले ‘धुर्मुस–सुन्तली’ फाउण्डेशनमार्फत भूकम्पपछि काभ्रे, सिन्धुपाल्चोक, महोत्तरी र रौतहटमा ४ वटा एकीकृत नमुना बस्ती बनाएर स्थनीयलाई हस्तान्तरण गरिसकेका छन् ।




