११ पुस । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको परापूर्वकालदेखि लाग्दै आएको मोरङ केराबारीको मच्छिन्द्र मेला पुनःसञ्चालनमा आउने भएको छ ।

पुस १९ गतेदेखि पुस २५ गतेसम्म मेलाको आयोजना गरिने केराबारी व्यापार प्रबन्ध समितिले जनाएको छ । हरेक वर्ष औँसीको पौष पञ्चमीदेखि साता दिनसम्म लाग्ने सो मेला विगत माओवादी द्वन्द्वकालमा शान्ति सुरक्षाको अभावका कारण लाग्न सकेको थिएन ।

केराबारीको पहिचानका रुपमा स्थापित सो मेला २१ वर्षपछि पुनःलगाउने तयारी गरिएको आयोजक केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष चुरानसिंह विकले बताउनु भयो । अध्यक्ष विकका अनुसार मेलामा दैनिकजसो राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, विभिन्न जातजातिको झाँकी, स्थानीय कृषिजन्य वस्तुको प्रदर्शनीका साथै मनोरन्जनात्मक खेलकुद तथा बालउद्यान राखिनेछ ।

तत्कालीन समयमा खदम खोलाको बगरमा मेला लाग्दै आएको सो मेलालाई विकृति विसङ्गतिरहित बनाउँदै अगाडि बढाउने उद्देश्यले स्थानीय धार्मिक सांस्कृतिक कृषि प्रवद्र्धन गर्न केही परिमार्जन गरिने विकले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah