विष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकको फोहोरबाट अब दैनिक ५० किलोवाट बिजूली र अग्र्यानिक मल उत्पादन हुने भएको छ । यसका लागि नगरपालिका र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबीच प्रारम्भिक चरणकोसम्झौता भएको हो ।

नगरपालिकाका प्रमुख रोमनाथ ओली र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालबीच यस बिषयमा सम्झौता भएसंगै दमकको फोहोर ब्यवस्थापनको लागि दमक नगरपालिकाको टाँउको दुखाइ कम हुने विश्वास लिइएको छ ।

एक अध्यन अनुसार दमकमा करिब २० टन फोहोर उत्पादन हुन्छ भने १५ टन फोन संकलन हुन्छ । यसमा बायोग्याँस प्रविधिमा प्रयोग गर्न सकिने कुहिने फोहोरको परिमाण करिब ९ टन रहेको छ । यसले करिब १ हजार घनमिटर प्रतिदिन बायोग्याँस उत्पादन क्षमता राख्ने बताईएको छ ।

अध्यनमा भनिएको छ, दैनिक ३० सिलिण्डर प्रतिदिन एलपिजि ग्याँस उत्पादन क्षमता दमकको फोहोरमा देखिएको छ । दैनिक ३ हजार केजि जैविक मल उत्पादन ५० किलोवाट बिजूली उत्पादन क्षमता यसमा रहन्छ ।

आइतवार अपरान्ह दमक नगरपालिका उपप्रमुख गीता अधिकारी, वडाध्यक्षहरु पशुपतिराज गौतम, टेकबहादुर थापा लगायतका उपस्थितिकाबीच नगरपालिकामा सम्झौता भएको थियो ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार दमकलाइ पूर्वकै सफा शहर बनाउने उदेश्य रहेको छ । यसमा यस कार्यले पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिईएको छ ।

सोमबार दमक नगरपालिकामा भएको पत्रकार सम्मेलनमा नगरपालिका उपप्रमुख गीता अधिकारीले यो सम्झौता नगरपालिकाको फोहोर ब्यवस्थापनमा एउटा महत्वपूर्ण कदम भएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah