-गोविन्द न्यैपाने

सनातन संस्कृतिमा चार रात्रीको महत्वपूर्ण स्थान छ । मोहरात्री (श्रीकृष्णाष्टमी), कालरात्री (विजयादशमी ) सुखरात्री (लक्ष्मीपूजाको रात ) र शिवरात्री जस्ता रात्र बोधार्थक पर्वले रात्रीको दार्शनिकतालाई स्पस्ट पारेका छन् । दिन र रात अर्थात अनन्तसमय भन्दामाथि रहेका कालका पनि काल महाकाल शिव स्वरुप रहेका भन्ने चिन्तनमा शिवरात्रीको महत्व छ ।

शिव र शक्तिको संयोजनबाट नै सृष्टिचक्र प्रणालीको लय र प्रलय हुने शाश्वत सारमा व्रह्मा, विष्णु र महेश्वर स्वरुपको त्रिदेव चिन्तन ॐकार चिन्तनमा झंकृत भएको छ । प्रकृति र पुरुष अर्थात कर्ता र कारकको सम्बन्धबाट सृष्टि र वियोजनबाट प्रलय हुने यस कार्य¬कारणभावको अद्वैतदर्शनको बोधार्थ भएको छ ( राधाकृष्ण, भारतीय दर्शन, भाग २, पृष्ठ २२२) । शक्तिविना शिव शव हुने भएकोले शिवशक्तिको एकात्मक स्वरुपमा नै सिर्जना हुने प्रकृतिको शास्वत चिन्तनलाई अभिव्यक्त गरिएको छ ।

त्यसकारण शिवशाक्त दर्शनका अनुयायी अर्थात कौलमार्गीहरूले जीवित स्त्रीको योनीस्वरुपलाई पूजा अनुष्ठान गर्ने परम्परा रहेकोे यस चिन्तनलाई अभिव्यक्त गर्न शिवशक्तिका आलिङ्गनरत, ललितासन र सौम्यभाव स्वरुपका प्रतिमाहरू बनाउने प्रचलन काठमाडांै उपत्यकाका नेवारसमुदायमा आजपर्यन्त जीवन्त रहेको छ । निर्वाण, मोक्ष वा शून्यताको अवस्थालाई प्रतिकात्मक स्वरुपमा निर्माण गरिएका आलिङ्गनरत र मैथूनरत अवस्थाका प्रतिमाहरूको दार्शनिकतामा सृष्टिको कारकतत्व प्रकृति र पुरुष बीचको अद्वैत सम्बन्धलाई देखाइएको हुन्छ । प्रकृतिको बन्धनबाट माथि उठेर शून्यस्वरुपको अवस्थालाई पनि यस प्रकृतिका प्रतिमाहरूको माध्यमबाट वोधार्थ गरिएको छ ।

शाक्त, शैव, महायानी र बज्रयानी बौद्ध परम्पराका तन्त्रसाधनामा शक्तिलाई विशेष स्थान दिइनुको दार्शनिक कारण यही हो । तान्त्रिक अनुष्ठानबाट सिद्धि प्राप्त भएपछि लिङ्गद्वारा दूध र पानी चुसेर आफ्नो स्खलित वीर्यको साथै स्त्रीको मद चुसेर आफ्नो मस्तकमाथि स्थापित गराई स्त्रीको सतित्व र आफ्नो व्रम्हचर्य कायम राख्दै शून्यताको अनुभव गर्न सकिने रहस्य कुलार्णव तन्त्रमा व्याख्या गरिएको छ (धन शमसेर ज.ब.रा.,कुलार्णव–रहस्य पृ –१०५ ) ।

”शैवदर्शनलाई वैदिकसभ्यता भन्दा पुरानो मानिएको छ । वैदिकसभ्यताभन्दा प्राचीन मानिएको सिन्धुघांटीको सभ्यतामा पशुपतिस्वरुपका नग्नमूर्तिहरू पुरातात्विक उत्खनन्बाट प्राप्त भएका छन् ।”

वस्तुतः आर्यइतर मानिएको शैवदर्शनलाई वैदिकसभ्यता भन्दा पुरानो मानिएको छ । वैदिकसभ्यताभन्दा प्राचीन मानिएको सिन्धुघांटीको सभ्यतामा पशुपतिस्वरुपका नग्नमूर्तिहरू पुरातात्विक उत्खनन्बाट प्राप्त भएका छन् । प्रकृतिका भयानक, डरलाग्दा र रहस्यपूर्ण शक्तिबाट बाँच्न आदिम मानवले डर वा आस्थागत मनोविज्ञानको कारण शिवलाई रुद्रको रूपमा उपासना गरिएको हो । ऋग्वेदमै हाम्रा पशुहरूलाई नमार, हामीलाई दुःख नदेऊ, विजुली र चट्याङ्ग नपारि दिनुहोस् भन्दै रुद्रोपासना गरेका ऋचाहरू छन् ।

सुरुमा भक्षक र विनासकारी शक्तिको रूपमा चित्रित देवता वैदिककालमा कल्याणकारी र परोपकारी देवताको रूपमा पूजित छन् । अथर्व वेदमा उनलार्ई भव, सर्व, रुद्र, पशुपति, उग्र, भीम, महादेव र ईशान आदि नामबाट सम्बोधन गरिएको पाइन्छ । पछि उपनिषद र महाकाव्यकाल ( रामायण र महाभारतकालीन समय ) सम्म आइपुग्दा त आर्यहरूको चिन्तनमा शैवदर्शनले विशिष्ट स्थान प्राप्त गरेको देखिन्छ । आर्यहरूले शिवलाई कल्याणकारी देवताको रूपमा स्वीकार गरिसकेपछि यस दर्शनको विकासक्रममा अनेका शाखा उपशाखा र सम्प्रदायहरूको विकास भएको देखिन्छ । पाशुपत, शैव, कापालिक, कालामुख, लिङ्गयत र अघोरीबाबा आदिका चिन्तनमा बोनधर्मबाट लिइएका तान्त्रिक आचारविधि, प्राकृतिक स्वभाववादी चिन्तन–दृष्टिको प्रभाव रहेको देखिन्छ (विष्णु प्रभात, शैवदर्शनःसंक्षिप्त विमर्श, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा २०७४÷७÷३० मा आयोजित कार्यक्रममा प्रस्तुत ) ।

शैवदर्शन प्राकृतिक शास्वत चिन्तनमा आधारित छ । सांख्य दर्शनले पञ्चमहाभूत, पञ्चतन्मात्रा, पञ्चज्ञानेन्द्रिय, पञ्चकर्मेन्द्रिय, महत्व, अहंकारण्, प्रकृति–पुरुष र मन गरी २५ तत्वको चर्चा गरेजस्तै शैवदर्शनमा ३६ तत्वको चर्चा गरिएको छ । ती ३६ तत्वलाई पनि तीन भागमा विभाजन गरिएको छ । (क) शिवतत्व– यस अन्तर्गत शिव, शक्ति । (ख) विद्यातत्व– यस अन्तर्गत सदाशिव, ईश्वर, शुद्धविद्या । (ग) आत्मातत्व –यस अन्तर्गत माया, कला, विद्या, काल, नियति, राग, पुरुष, प्रकृति, बुद्धी, अहंकार, मन, श्रोत, त्वक, चक्षु, जिब्रो, घ्राण, वाक, पाणि, पाद, गुदा, उपस्थ, शब्द, स्पर्श, रुप, रस, गन्ध, आकाश, वायु, तेज, जल र पृथ्वी । जीवले सांसारिक भवचक्र (८४ लाख योनी) हरूको भेदन गरी शिव र शक्तिको साम्य स्वरुपको पूर्णता प्राप्त गर्नुपर्छ अर्थात समय भन्दा माथि उठी पूर्ण

ॐकारको स्वरुपमा रहनुपर्छ भन्ने नै शिवत्वको सार हो ।
मोक्षो हि नाम नैवान्यः स्वरुपप्रथनं हि तत्– अभिनवगुप्त

आफ्नो सत्य स्वरुपमा निरन्तर स्थिर रहनु नै मोक्ष हो । यो नै शैवदर्शनले दिग्दर्शन गरेको जीवात्माले प्राप्त गर्ने पराकाष्ठा हो । यो नै शिवस्वरुप हो जुन शक्तिको अनुग्रहबाट प्राप्त हुन्छ । चित्तको क्लेश विनास भइसकेपछि जीवले चैतन्य स्वरुपमा अवस्थित हुन्छ । त्यसकारण जीव र शिवमा भेद छैन । यो अभेदको स्थिति हो, अद्वैतको स्थिति हो । जीज र व्रह्ममा भेद छैन । मायाले गर्दा नै भेद देखिएको हो । माया नै अविद्या हो । अविद्याले नै जगतको रचना गर्दछ ।

व्रह्मसत्य जगन्मिथ्या जीवो व्रह्मैव नापरः भन्ने आद्यशंकराचार्यको अद्वैतवेदान्तको सूत्रले पनि यसैलाई पुष्टि गर्दछ । अज्ञानको कारणले मात्रै भेद देखिएको हो । द्वैत देखिएको हो । साधना र उपासनाका विभिन्न आयामहरूबाट अविद्या (अज्ञान) को नाश गरिन्छ । साधकहरूको भावभूमि, मनोवस्था र विभिन्न कुराहरूलाई दृष्टि राखेर शैव दर्शन अन्तर्गत विभिन्न योग, ,तन्त्र, भक्ति, उपासना, कर्मका साधनाहरू निर्देश गरिएको हो ।

शिवजीका पाँच मुखबाट पाँच आम्नायको पादुर्भाव भयो । आम्नायको भेदले गर्दा नै विभिन्न पद्धति र विभिन्न देवी देवताहरूको, शिव–शक्तिहरूको उत्पति भएको देखिन्छ । अन्ततोगत्वा परमशिव र परमशक्तिको एकरुपता नै निराकार, निर्गुण, सर्वव्यापक, चैतन्य हो । सत्यम् शिवम् सुन्दरम् हो ।

शिवजीको पूर्वमुख तत्पुरुषबाट पूर्वाम्नाय, पश्चिममुख सद्योजातबाट पश्चिमाम्नाय, उत्तरमुख वामदेवबाट उत्तराम्नाय, दक्षिणमुख अघोरबाट दक्षिणाम्नाय र उध्र्वमुख इशानबाट उध्र्वम्नायको वर्णन गरिएको छ । आम्नायोपासनाको बारेमा कुलार्णव तन्त्रमा भनिएको छ –

मन्त्रयोगं विदुः पूर्वं भक्तियोगञ्च दक्षिणम्
पश्चिमं कर्मयोगञ्च ज्ञानयोगं तथोत्तरम्

पूर्वाम्नायमा मन्त्रयोग, दक्षिणाम्नायमा भक्तियोग, पश्चिमाम्नायमा कर्मयोग अनि, उत्तराम्नायमा ज्ञानयोग र उध्र्वाम्नायमा चारै प्रकारको योग समष्टि गरी राजाधिराजयोगबाट उपासना गर्नुपर्छ ।

हामी हिन्दूहरू प्रकृतिपूजक अर्थात लिंगपूजक हौं । संसारको शास्वतसत्यलाई लिङ्ग–योनीको सम्बन्धबाट अभिव्यक्त गरिएको छ । यसै शैवमतलाई अनुभव गर्न धार्मिक, सांस्कृतिक र तान्त्रिक अभ्यास र अनुष्ठानहरूमा लिङ्गोपासनालाई स्वीकार गरिएको छ । लिङ्ग–योनीयुक्त शिवलिङ्गलाई एकातिर आकाश र पृथ्वीको प्रतीकात्मक स्वरुपमा देखाइएको हुन्छ । अर्कोतिर शिवलिङ्गका पञ्चमुखहरूले पञ्चमहाभूतको वोधार्थ गरेको हुन्छ । शिव–शक्तिको सौम्य प्रतिमाहरूमा सृष्टिको सृजनशीलतालाई चित्रण गरिएको छ । शिवशक्तिको रौद्र स्वरुपका प्रतिमाहरूमा प्रलय दर्शनलाई चित्रण गरिएको हुन्छ । यसरी हेर्दा अर्धनारिश्वर र युगल स्वरुपको शिवशक्तिले प्रेमको उच्चतम अवस्थामा सञ्सारको सृजना हुने र सम्हारकर्ता शिवको नटराज स्वरुपमा अहं र मायाको सम्हार हुने तथ्य हातमा लिएको आगो र सम्पूर्ण शरीर ढाक्ने गरेर राखिएको आगोको प्रभावमण्डलबाट प्रष्ट हुन्छ ।

नेपाल शैव–शाक्त भूमि हो । नेपाल राज्यको उत्पतिमा शैव–शाक्त धर्म र दर्शनले विशेष प्रभाव पारेको छ । पौराणिक–धार्मिक शास्त्रहरूमा नेपाललाई शिव–शक्तिको तपोस्थलको रूपमा चित्रण गरिएको छ । यहाँका हिमालय र पर्वतहरू शिव पार्वतिका आश्रयस्थल हुन शिव हिमाली भूमिका कुल देवता हुन् । यहाँका आदिवासी जन–जातिहरूले शिवजीलाई आफ्नो कुल देवताको रूपमा अंगालेको पाइन्छ । शिव–पार्वतीलाई किरातहरू पारुहाङ्ग र सुम्निमाको स्वरुपमा पूजा गर्दछन् भने पश्चिम नेपालका खशजातिहरूले शिवजीलाई मष्टो स्वरुपमा पूजा गर्दछन् । त्यस्तैगरी मगरहरले शिवजीलाई नागवंशीय इन्द्रको स्वरुपमा पूजा गर्ने गर्दछन् (मगर वंशावली) । यहाँका नदिनाला, हिमालय, पाखा पर्वत र वन पैदावरहरू शैव धर्म र दर्शनसँग नै सम्बन्धित छन् । विशेषगरी काठमाडौं उपत्यकाका नेवारहरूले शिव–शक्तिको विशेष रूपमा उपासना गरेका छन् । नवदुर्गा, अष्टमातृका, सप्तमातृका र दश महाविद्याहरले राष्ट्रको रक्षा गर्छन भन्ने विश्वासमा यहाँका नेवारहरूले शाक्त–शैव दर्शनलाई अंगालि त्यसै अनुरुपको कला–वास्तुकला, संस्कृति, सम्पदा र पर्वपरम्पराको विकास गरेका छन् । सयौं मठ, मन्दिर, शिवालय, देवालयलगायतका धार्मिक तीर्थस्थलहरूमा आज पनि उत्तिकै आस्थाका साथ अनुष्ठान र अभ्यास गरिन्छ । यस आधारमा आराध्यदेव शिवजीलाई सवै धर्म र संस्कृतिका साझा देवताका रूपमा स्वीकार गरिएको छ । शैव दर्शनको यसै सांस्कृतिक चिन्तनलाई प्राज्ञ विष्णुप्रभातका निम्न विचारहरू मार्फत विशेष चर्चा गरिएको छ ।

शैव दर्शनको प्रारम्भिक अवस्था ऋगवेद भन्दा पहिलाको स्वीकार गरिएको छ । शिव यसका प्रणेता हुन् । ऋगवेदमा शिवलाई शिष्नपूजक (लिंगपूजक) भनि निन्दा गरिए पनि प्रकृतिलाई महत्व दिने मातृप्रधान समाजको तान्त्रिक चिन्नन बनेर शैव दर्शन रहेको छ । शैव दर्शन नेपाली चिन्तन परम्परामा तेस्रो ज्ञानधारा हो । पहिलो बोन दर्शन हो र दोस्रो मातृत्वपूजक तन्त्र दर्शन हो । शैव दर्शन पछि ब्रम्हवादी याज्ञवल्क्यको हिन्दू सनातनी धारा चौथो धारा हो । त्यसपछि बुद्धको मानवतावादी दर्शन देखा परेको छ ।

नेपालमा शैव उपासनाको परम्परालाई हेर्दा सौम्य रूपका शिव र शक्ति दुवैको समन्वय नै मुख्य चरित्रको रूपमा देखा पर्दछ । सौम्य स्वरुपका शिव एवम् रौद्र स्वरुपका भैरव दुवै काठमाडौं उपत्यकामा पूजिए जस्तै आर्यपुत्री गौरी र किराती शंकर पनि एकैसाथ पुजिन्छन् । यसैले शैव दर्शनको सन्दर्भमा अध्ययन गर्दा शैव धर्मको वृत्तबाट माथि उठी समग्र शैव सोंच, सिद्धान्त, संस्कृति र समाजको अध्ययन गर्नुपर्छ । दर्शनलाई धर्म भित्र होइन धर्मलाई दर्शनको आँखाबाट हेर्नुपर्छ तबमात्र धर्मशास्त्र र दर्शन शास्त्रको सहि अस्तित्व वोध गर्न सकिन्छ ।

जनतापोष्टबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah