राजविराज, १२ पुस । सप्तकोशी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पोखरेल महिला हिंसाको आरोपमा प्रहरी नियन्त्रणमा परेका छन् । आइतबार राति सप्तकोशी नगरपालिका–१ स्थित फत्तेपुरमै लुकिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले अधिकृत पोखरेललाई आइतबार रातभरि फत्तेपुर चौकीमा राखेको थियो । आफनै कार्यालयकी महिला कर्मचारीलाई यौनजन्य कृयाकलाप गर्न खोजेको आरोपमा उनीमाथि कुटपिट भएपछि आईतबारदेखि नै पोखरेल लुकिलुकी हिंडेका थिए । पीडित महिलाका आफन्तले खोजतलास गरी प्रहरीलाई जानकारी दिएपछि स्थानीयकै सहयोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

रातभर चौकीमा बसेका पोखरेलले सोमबार बिहानै आफुबाट गल्ति भएको भन्दै सार्वजनिक रुपमा माफी मागेपनि चौकी घेरेर बसेका स्थानीयले उनलाई कानुनी कारवाही र जागिरबाट बर्खास्त गर्नुपर्ने माग गरेका थिए । सो विषयले तनावको स्थिती सिर्जना गरेको र स्थानीय तहमा समस्या समाधान नहुने देखिएपछि प्रहरी चौकी फत्तेपुरका प्रहरी नायव निरिक्षक तुलसीमान कार्कीले पोखरेललाई सोमबारै जिल्ला प्रहरी कार्यालय, राजविराज पठाएका छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुर हुँदै राजविराज ल्याइएका उनलाई जिल्ला प्रशासन कार्यालयमा हाजिर गराइएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमका अनुसार पीडित महिला, उनका आफन्त, स्थानीयवासी तथा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखसमेतका सामु आफुबाट गल्ति भएको भन्दै माफी मागेपछि पोखरेललाई छोडिएको छ । पीडित पक्ष र स्थानीयले भने पोखरेललाई पुनः सोही नगरपालिकामा नपठाउन प्रजिअ गौतमलाई आग्रह गरेका छन् । राज्यको जिम्मेवार अधिकृत भएर पनि उनले सामाजिक मर्यादा उल्लंघन गर्ने कार्य गरेकोले उनलाई हदैसम्मको कारवाही हुनुपर्ने भन्दै स्थानीवासी र राजनीतिक दलले गरेको निर्णयको पुस्तिका बुझ्दै प्रजिअ गौतमले त्यस विषयमा कारवाही प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिएका थिए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah