बिर्तामोड ।
प्रधानमन्त्री केपी शर्मा ओली झापा आए लगत्तै विभिन्न कार्यक्रममा ब्यस्त रहेका छन् । प्रधानमन्त्रीमा दोस्रोपटक निर्वाचित भएपछि नेकपा एमालेका अध्यक्ष ओली पहिलोप टक मंगलबार गृहजिल्ला झापा आएका हुन् ।
झापा आए लगत्तै ओली विभिन्न कार्यक्रममा ब्यस्त रहेका छन् । झापा आए लगत्तै उनले जिल्ला समन्वय समिति झापाको जिल्ला सभा उद्घाटन गरेका छन् । मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न आफु लाग्ने भन्दै कसैले भष्टाचार गरे कडा कारबार्ही गर्ने चेतावनी दिए । उनी मंगलबार दिनभर विभिन्न उद्घाटन र शिलन्यासका कार्यक्रममा व्यस्त भएका छन् ।
द्धापर युगबाटै सम्भावना बोकेको झापा ऐतिहासिक र पौराणिक जिल्लाको रुपमा झापाको पहिचान बनाउन सकिने सुझाव दिएका छन् । सुकुम्बासीको दिगो ब्यवस्थापन गर्ने भन्दै जथाभावी बसोबास गर्नेहरुलाई ब्यवस्थि तगर्ने प्रतिबद्धता जनाएका छन् । सप्तकोशी, सगरमाथा देखि केचना समेत प्रदेश नम्बर–१ म परेको भन्दै प्रदेश एकले योजना बनाएर अघि बढेमा समृद्ध मुलुक निर्माण गर्न सकिने विचार ब्यक्त गरे ।

प्रधानमन्त्री ओलीले मंगलबार नै चारपाने–चैतुबारी–मतिगडा–साधुकुटी–राजगढ साढे १५ किलोमिटर सडकको सडक निर्माण कार्यको शिलन्यास गरेका छन् । मध्याह्न १२ बजे लक्ष्मीपुर साधुटार सडक उद्घाटनपछि ओली १ बजे बिरिङ् खोलाको पुल शिलन्यास गरेका छन् । त्यसपछि उनी आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ पुगेका छन् । पाडाजुङ्गी–झर्का–गोहाबारी–बालुबथान–चप्रामारी–खजुरगाछी सडकको १० किलोमिटर खण्ड शिलन्यासका लागि अपराह्न ३ बजे कमल गाउँपालिका–५ को पाडाजुङ्गी पुगेको क्षेत्रीय संयोजक होमबहादुर थापाले जानकारी दिए । पहिलो दिनको अन्तिम कार्यक्रमको रूपमा कमल गाउँपालिकाकै केर्खा चोक पश्चिम ४ बजे पुगेर ओलीले अमलडाँगी–समयगढ–बाँसबारी–सोलमारी सडकको शिलन्यास गर्ने बताइएको छ ।
दुई दिने कार्यतालिका बनाएर गृहजिल्ला आएका ओली दोस्रो दिन बुधबार आफ्नै गृहनगर दमकमा हुने झण्डै आधा दर्जन कार्यक्रममा व्यस्त हुने जनाइएको छ । दमक नगरपालिका, खेलकुद विकास समितिले आयोजना गरेको दमक गोल्डकपको उद्घाटन समेत प्रधानमन्त्री ओलीले नै गर्ने बताइएको छ । यसैबीच प्रधानमन्त्री झापा आएसंगै जिल्लाको सुरक्षा ब्यवस्था कडा पारिएको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा ब्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्याल झापाले जनाएको छ । आमसंचार बाट



